आर्थिक

राष्ट्रिय बाणिज्य बैकद्धारा मुस्कान सेवा नेपाललाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय बाणिज्य बैकले मुस्कान सेवा नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर, सूर्यविनायक नगरपालिका ८ स्थित सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई अनाथ बालबालिकाहरुको निवास प्रवन्ध मिलाउनको लागि १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । राष्ट्रिय बाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले मुस्कान सेवा नेपालका अध्यक्ष भवानी कुमारी गुरुङलाई एक समारोहकाबीच  चेक हस्तान्तरण गरेका हुन । मुस्कान सेवा नेपालले अनाथ बालबालिकाहरुको …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको नयाँ शाखाको औपचारिक उदघाटन

काठमाडौं ।   कृषि विकास बैंकले डोटी जिल्ला जोरायल  गाउँपालिकामा  नयाँ शाखाको औपचारिक उदघाटन गरेको छ । कृषि विकास बैंकको संचालक समितिका सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उदघाटन गरे । कृषि विकास बैंकका संचालक सदस्य अवस्थीले कार्यक्रममा बोल्दै कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्‍याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा …

पुरा पढ्नुहॊस »

गोर्खाज फाइनान्सको नाफा तीन महिनामै एक १ करोड

काठमाडौं ।  गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  मुनाफा १ करोड २३ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा ३ करोड ६२ लाख रुपैयाँ रहेको थियो । ८६ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा २९ करोड ९२ लाख रुपैयाँ छुटाएको छ । फाइनान्सले लगानी ४० करोड ११ लाख रुपैयाँ गरेको छ भने कर्जामा लगानी ४ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ बिकास बैंकको बित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मुक्तिनाथ बिकास बैंक  तुलसीपुर शाखा कार्यालयले  तुलसीपुर उपमहानगरपालिका वडा नं ६,गोलौरा स्थित डिभाइन टेम्पल एकेडमीमा १९१ औं बिधार्थी लक्षित बित्तिय साक्षरता कार्यक्रम गरेको छ । उक्त कार्यक्रम कक्षा १० र ११ कक्षाका बिधार्थी तथा शिक्षक शिक्षिका माझ कार्यक्रम गरेको छ । कार्यक्रम आम्दानी खर्च,बचत कर्जा,बजेट बिनीयोजन जस्ता बिषयमा अन्तरक्रीया र प्रश्नोत्तर तथा चित्र,ब्यानर जस्ता प्रस्तुती मार्फत बित्तीय साक्षरता चलाइएको थियो । डीभाईन टेम्पल एकेडेमीका प्रधान अध्यापक भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपानेले वित्तिय साक्षरता कार्यक्रम …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं । कुमारी बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स  सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना  र  अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले  हस्ताक्षर गरेका हुन ।   सम्झौता अनुसार बैंकका ग्राहकहरूले अजेाड इन्सेारेन्स लिले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाइएको छ।

पुरा पढ्नुहॊस »

‘औद्योगिक वातावरणको स्थापनाले मात्र आर्थिक विकास सम्भव छ’

कुनैपनि मुलुकको समग्र विकासको मुल आधार हो, आर्थिक प्रगति । आर्थिक रुपमा मुलुकले देशको सामाजिक, सांस्कृतिक, राजनैतिक तथा अन्य विविध पक्षहरुको विकासमा टेवा पुर्याइ रहेको हन्छ । उद्योग तथा कलकारखानाहरुको स्थापनाले व्यक्तिलाई आत्मनिर्भर र स्वाभिमानी बनाउनुका साथै रोजगारीको अवस्था पनि सिर्जना गर्दछ । नेपालकै सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा स्थापित होङ्सी शिवम् सिमेन्टले आफ्नो कार्य कुशलतापूर्वक संचालन गर्दै आइरहेको छ । ३० प्रतिशत स्वदेशी तथा ७० प्रतिशत चिनिँया लगानी रहेको …

पुरा पढ्नुहॊस »

मेगा क्यापिटल मार्केट्सलाई धितोपत्र बोर्डको सैद्धान्तिक सहमति

काठमाडाैं । मेगा क्यापिटल मार्केट्सलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ । मेगा बैंकको पूर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केट्स संचालनमा आउन लागेको हो । यसको अधिकृत पुँजी ३० करोड छ भने चुक्ता पुँजी २० करोड रुपैँया रहेको क्यापिटलले जनाएको छ । धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्र कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी संचालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङ्गले बताए …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।महालक्ष्मी विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता  भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने  र  इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महालक्ष्मी बैंकका सम्पत्ति तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।  

पुरा पढ्नुहॊस »

प्राइम बैंकको शाखा सङ्खुवासभाको सभापोखरीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले सङ्खुवासभाको सभापोखरी गाँउपालिका खुवासभामा नयाँ शाखा बिस्तार गरेको छ । बैंकका संचालक गजेन्द्र बिष्टले शाखाको उद्घाटन गरेका हुन । बैंकका अनुसार बैंकले आगामी दिनमा पनि शाखा संजाल बिस्तार गर्दे लैजाने छ । निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै लैजाने बैंकको दावी छ । नयाँ शाखा संचालन पछि शाखा कार्यालय संख्या ६५ पुगेको छ ।

पुरा पढ्नुहॊस »

बाणिज्य बैंकको नाफा तीन महिनामै एक अर्ब ११ करोड

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५७.७३ प्रतिशतले नाफा बढाएको छ । बैंकले सबै बाणिज्य बैंकहरुभन्दा बढि नाफा गरेको हो । बैंकले तीन महिनामा एक अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । खुद व्याज आम्दानी ४८ प्रतिशतले बढाएर दुर्इ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । तीन महिनामा एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको …

पुरा पढ्नुहॊस »