नेपालबाट चार आईसीटी कम्पनीहरू एपिक्टा अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुँदै

काठमाडौं । नेपालका चार उत्कृष्ट आईसीटी कम्पनीहरू डिसेम्बर ४ देखि ७ सम्म ब्रुनेईमा आयोजना हुने एशिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२४ मा सहभागी हुँदैछन्। यो प्रतिष्ठित अवार्ड्स एशिया-प्यासिफिक क्षेत्रभरिका प्राविधिक नवाचार र उत्कृष्टतालाई सम्मान गर्ने एक वैश्विक मञ्च हो। नेपाली कम्पनीहरूको सहभागिताले नेपालको सूचना प्रविधि (आईटी) समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।

यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड, र भियतनामका विभिन्न कम्पनीहरूले प्रतिस्पर्धा गर्नेछन्।

नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कम्पनीहरू:
१. आई.एम.एस पी.ओ.एस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रा. लि.)

  • विधा: फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक)

२. इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रा. लि.)

  • विधा: सेक्युरिटी सोल्युसन्स

३. ईकागजपत्र (ईकागजपत्र प्रा. लि.)

  • विधा: प्रफेशनल सर्भिसेज सोल्युसन्स

४. एल.एम.सी एलर्ट (अलपास टेक्नोलोजी प्रा. लि.)

  • विधा: गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट

नेपालको आईटी क्षेत्रको प्रवर्धनमा थप टेवा
नेपालको प्रतिनिधित्व गर्ने यी कम्पनीहरूको सहभागिताले अन्तर्राष्ट्रिय बजारमा उनीहरूको क्षमता, विशेषज्ञता र नवाचारलाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ। यसले नेपाललाई एक सम्भावनायुक्त आईटी हब को रूपमा स्थापित गर्ने सरकारको लक्ष्यमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रम आयोजक नास आईटी का अनुसार, यो कदमले नेपालका आईटी कम्पनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा खरो उत्रन प्रोत्साहन दिनेछ। यस अवसरमा नास आईटीले नेपाली कम्पनीहरूलाई सफलताको शुभकामना व्यक्त गरेको छ।

एपिक्टा अवार्ड्सजस्ता प्रतिष्ठित कार्यक्रमहरूले नेपाली आईटी उद्योगको पहिचान बढाउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभाको उपस्थिति बलियो बनाउने विश्वास गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री