कृषि विकास बैंकको नयाँ शाखाको औपचारिक उदघाटन

काठमाडौं ।   कृषि विकास बैंकले डोटी जिल्ला जोरायल  गाउँपालिकामा  नयाँ शाखाको औपचारिक उदघाटन गरेको छ । कृषि विकास बैंकको संचालक समितिका सदस्य घनश्याम अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्त रुपमा उदघाटन गरे ।

कृषि विकास बैंकका संचालक सदस्य अवस्थीले कार्यक्रममा बोल्दै कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्‍याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको भन्र्दैै बैंकलाई निरन्तर रुपमा उतकृष्ठ ढंगले संचालन गर्ने  बताए ।

साथै बैंकका कायम मुकायम उप–महाप्रबन्धक प्रताप सुवेदीले देशका यूवाशक्ति, बृद्धि बुवा आमा र दिदी बहिनीहरुलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफ्ना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने कुरा प्रष्ट पारे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री