काठमाडौं । हिमालयन बैंकको १५.७८९५% लाभांश सुरक्षित गर्ने आइतबार (पुस १५ गते) अन्तिम दिने हो । हिमालयनले पुस ३० गते साधारण सभा गर्न सोमबार (पुस १६ गते) देखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश पाउन आइतबार नै सेयरधनी बनिसक्नुपर्नेछ । हिमालयनले गत वर्षको कमाईबाट ५% बोनस सेयर र १०.७८९५% नगद लाभांश दिन लागेको हो। साधारण सभा कार्की ब्यांकेट, माइतीघर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक …
पुरा पढ्नुहॊस »सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र एनआईसी एशिया बैंकबीच शुक्रबार बैक्यास्योरेन्स सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त अवसरमा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक केशवराज केसी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको समेत उपस्थिति थियो । सम्झौता अनुसार एनआईसी एशिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको …
पुरा पढ्नुहॊस »डलरसँगै अरु विदेशी मुद्राको भाउ घट्यो
काठमाडौं । हप्ताको पहिलो दिन आइतबार डलरसँगै अरु विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ । आइतबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा छ । शुक्रबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ २७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८७ पैसा थियो । नेपाल राष्ट्र बैंकले आइतबारको लागि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च मेनेजरदेखि जुनियर अफिसरसम्मको पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले ५ जनवरीभित्र आवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
पुरा पढ्नुहॊस »प्रभु बैंकको शाखा गोरखाको बारपाकमा, भूकम्पपीडितलाई घरकर्जा हस्तान्तरण
काठमाडौँ । गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा पुस १४ गते प्रभु बैंकको बारपाक शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । भूतपूर्व उप-प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक समारोहका बीच बैंकको बारपाक शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बारपाक शाखा कार्यालय समुदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै श्रेष्ठले २०७२ सालको महाभूकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर सर्वसाधारणहरुलाई …
पुरा पढ्नुहॊस »राष्ट्र बैंकको नयाँ व्यवस्थाः बैंक तथा वित्तीय संस्थालाई प्रदेशमा केन्द्रित हुन आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूतनतम चुक्ता पूँजीका बारेमा नयाँ व्यवस्था गरी एउटै प्रदेशमा मात्रै शाखा विस्तार तथा कारोवार सञ्चालनका लागि आग्रह गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी ‘क’ वर्गका वाणिज्य बैंकलाई चुक्ता पूँजी आठ अर्ब हुनुपर्ने उल्लेख गरेको छ । यस्तै ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदेशस्तरमा नै कार्यालय सञ्चालनका लागि नयाँ व्यवस्था गरेको छ । …
पुरा पढ्नुहॊस »पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार, यस्ता छन् प्रक्रिया
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यही पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली शुरु गर्ने भएको छ । गत मंसिर २३ गतेदेखि पूर्ण अनलाइन कारोबार सञ्चालनमा ल्याएको नेप्सेले लगानीकर्तालाई थप सुविधासहित उक्त प्रणाली संचालनमा ल्याउन लागेको हो । साे प्रणालीलाई प्रयोग गरी कारोबार गर्न ईच्छुक लगानीकर्ताहरुले विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने नेप्सेले जनाएको छ । यस्ता छन् लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरूः लगानीकर्ताले आफ्नो ब्रोकर कहाँ खोलेको कारोबार खाता(केवाईसी)लाई अद्यावधिक …
पुरा पढ्नुहॊस »शेयर बजारमा नयाँ लगानीकर्ता संघ, हरि ढकाल नेतृत्वकाे १५ जनाको कार्यसमिति
काठमाडौं । शेयर बजारका लगानीकर्ताको समूहमा नयाँ लगानीकर्ता संघको जन्म भएको छ । शुक्रबार भृकुटीमण्डपस्थित पार्कमा भएको लगानीकर्ताहरुको भेलाले १५ सदस्यीय तदर्थ समिति सहितको ‘शेयर लगानीकर्ता दवाव समूह’ नामको संघ सर्वसम्मत रुपमा चयन गरेको हाे । संघको अध्यक्षमा हरि ढकाल, वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र अग्रवाल, तीनजना उपाध्यक्ष्ँहरुमा शुष्मा ढुङ्गाना, गोपीकृष्ण आचार्य र देवेन्द्र शुक्ल, महासचिवमा नगेन्द्र बास्तोला, सचिवमा गोपाल स्वामी, सहसचिवमा पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा अप्सरा खनाल अन्य छ जना सदस्यहरु छन् …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकले विराटनगरमा स्थापना गर्यो प्रदेश १ को प्रादेशिक कार्यालय
विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष १३ गते प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको उद्घघाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं १ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, …
पुरा पढ्नुहॊस »सेञ्चुरी बैंकद्वारा भक्तपुरकाे बाल विनायक विद्यालयलाई कम्प्युटर हस्तान्तरण
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक न.पा – २ स्थित बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुवास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुवास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो । साथै बैंकका प्रमुख बजार अधिकृत खड्काले श्री बाल …
पुरा पढ्नुहॊस »