आर्थिक

प्राइम कमर्सियल बैकको नाफा ४५ प्रतिशतले वृद्धि

काठमाडौं । प्राइम कमर्सियल बैंकले  चालू आर्थिक वर्षको तीन महिनामा ५८ करोड १९ लाख रुपैयाँ  नाफा  कमाएको छ । बैंकको नाफा अघिल्लो वर्षको यही अवधिमा  ३९ करोड ९९ लाख रुपैयाँ कमाएको थियो । ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी भएको प्राइम कमर्सियल बैंकले जगेडाकोषमा ३ अर्ब ९७ करोड ६० लाख रुपैयाँ छुटाएको छ । बैंकको निक्षेपमा ७६ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ संकलन गरी कर्जा ७२ …

पुरा पढ्नुहॊस »

राष्ट्रिय विमा संस्थानको नाफा ४४ लाख

काठमाडौं। राष्ट्रिय विमा संस्थानले चालू आर्थिक वर्षको तीन महिनामा ४४ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जम्मा ३० हजार रुपैयाले नाफा बढाएको छ । संस्थानको नाफा अघिल्लो वर्षको पहिलो त्रैमासमा ४३ लाख ८६ हजार रहेको संस्थानले जारी गरेको अपरिस्किृत वित्तिय विवरणमा उल्लेख छ । १८ करोड रुपैयाँ चुक्ता पुँजी भएको यो संस्थानको जगेडा कोषमा १७ करोड ४१ लाख रुपैयाँ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ इन्स्योरेन्सको नाफा ४ करोड ४६ लाख

काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो तीन महिनामै ४ करो ४६ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ । सिद्धार्थको नाफा अघिल्लो वर्षको यही अवधिमा ४ करोड १२ लाख ६ हजार रुपैयाँ थियो । यो विमा कम्पनीको चुक्ता पुँजी ८६ करोड रुपैयाँ छ ।यो विमा कम्पनीले जगेडा कोषमा १६ करोड रुपैयाँ राखेको भने बिमा कोषमा ५७ करोड र महा विपत्ती जगेडामा ८ करोड राखेको छ । यसको चालू …

पुरा पढ्नुहॊस »

सानिमा बैंककाे तीन महिनाकाे नाफा ४६ करोड ४४ लाख

काठमाडाैं । सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४९ दशमलब ०३ प्रतिशतले नाफा बढाएको छ । चालू आर्थिक वर्षको सुरुको तीन महिनाको वित्तीय विवरण  बैंकले तीन महिनामा ४६ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्ष ३२ करोड ६९ लाख रुपैयाँ थियो । बैंकले ८४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८करोड रुपैयाँ ऋण लगानी गरेको छ । खुद व्याज आम्दानी ९७ करोड ८४ लाख …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको १०. ५२६ प्रतिशत लाभांश घोषणा

काठमाडाैं । एनआईसी एशिया बैंकले यस यार्थिक वर्षमा प्रति शेयर १० रुपैया(१० प्रतिशत) शेयर लाभांश तथा लाभांशमा लाग्ने करको लागि प्रति शेयर नगद लाभांश दिने निर्णय गरेको छ । लाभांश नेपाल राष्ट्र बैंकको स्विकृतिबाट पारित भएपछि मात्र शेयरधनीलाई बितरण गरिने बैंकले जनाएको छ । बैंकले वार्षिक विन्दूगत आधारमा कर्जा तथा सापटी तर्फ ४८ अर्ब (६७५० ले वृद्धि गरी १२० अर्ब तथा निक्षेप तर्फ ६४ अर्बले वृद्धि गरी १५२ अर्ब रुपैयाँ …

पुरा पढ्नुहॊस »

आइएमईको दशैंमा बीस लाख योजनाको पहिलो विजेता घोषणा

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल पहिलो महिनाको विजेता घोषित भएका छन्। बिजेता सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट छनौट गरेको कम्पनीले जनाएको छ। मल्लले नगद १ एक लाख रुपैयाँ प्राप्त गर्ने छन्। असोज ७ गते देखि …

पुरा पढ्नुहॊस »

एनआइसी एसिया बैंकको नाफा ४७ करोडले बढ्यो

काठमाडाैं । एनआइसी एसिया बैंकको नाफा ४७ करोडले बढेको छ । बैंकले यस आवको पहिलो त्रैमासिक अवधिमा ७५ करोड २६ लाख  रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा २७ करोड ७९ लाख रुपैयाँ थियो । बैंकको समग्र निक्षेपसँगै कर्जा प्रवाह बढेपछि व्याजपापतको आम्दानीमा उल्लेख्य वृद्धि भएको हो । १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । निक्षेप तथा कर्जाका …

पुरा पढ्नुहॊस »

१२ औं वार्षिक उत्सवका अवसरमा कामना बैंकले दियो नगद र जिन्सी

काठमाडौं । कामना सेवा विकास बैंकले १२औं बार्षिक उत्सवको अवसरमा नगद तथा जिन्सी प्रदान गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यबाट जीवनका लागि भोजन नेपाल, बुढानिलकण्ठकी अपरेसन म्यानेजर अपरा थापालाई दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । त्यस्तैगरी, अर्को संस्था श्री भद्रकाली आधारभुत विद्यालय, बुढानिलकण्ठमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई जाडो बाट बच्नको लागि न्यानो कपडा (स्वीटर) उपलब्ध गराउने घोषणा गरेको छ । साथै, बैंकका …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस फाइनान्सले चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्‍याउने

काठमाडाैं । सिटी एक्सप्रेस फाइनान्सको तेह्रौँ वार्षिक साधारण सभाले संस्थाको चुक्ता पुँजी  ८० करोड रुपैयाँ पुर्‍याउने र रणनीतिक साझेदार भित्र्याउने निर्याण गरेको छ । संस्थामा  ९ किसिमका बचत खाता र मुद्दती खातामा उच्चतम व्याज दिइने व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै संस्थागत ग्राहकले कल तथा करेन्ट खाता खोल्न सक्ने व्यवस्था समेत मिलाएको छ । रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउन र पाउन सकिने सुविधा पनि प्रदान गर्दै आएको कम्पनीका अध्यक्ष चन्द्र …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको नाफा ४७ करोड ५८ लाख

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४७ करोड नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक विवरण अनुसार ४७ करोड ५८ लाख नाफा आर्जन गरेको हो जुन अघिल्लो आवको सोही अवधीमा ४१ करोड थियो । हिमालयन बैंकले ब्याज आम्दानीमा उल्लेख्य प्रगति गरेको छ । गत आवको असोज मसान्तमा ७७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ३१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा …

पुरा पढ्नुहॊस »