काठमाडौं । राष्ट्रिय बाणिज्य बैकले मुस्कान सेवा नेपाललाई आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर, सूर्यविनायक नगरपालिका ८ स्थित सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई अनाथ बालबालिकाहरुको निवास प्रवन्ध मिलाउनको लागि १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
राष्ट्रिय बाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले मुस्कान सेवा नेपालका अध्यक्ष भवानी कुमारी गुरुङलाई एक समारोहकाबीच चेक हस्तान्तरण गरेका हुन ।
मुस्कान सेवा नेपालले अनाथ बालबालिकाहरुको संरक्षण र तिनको शिक्षा प्रवन्धको लागि कार्य गर्दै आइरहेको छ ।
तपाईंको प्रतिकृया




