आर्थिक

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा सातवटै प्रादेशिक कार्यालय स्थापना

काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंकले सातवटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरत तवरले काम गर्न हजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो । जसअन्र्तगत प्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं.२ कोे वीरगञ्जमा, प्रदेश नं.३ को नारायणचौर (नक्साल)मा तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७ …

पुरा पढ्नुहॊस »

जनता बैंक नेपालको सबै प्रदेशमा प्रादेशिक कार्यालय

काठमाडौं । जनता बैंक नेपालले ७ ओटै प्रदेशमा प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । प्रदेश १ को ट्रफिक चोक बिराटनगर, प्रदेश २ को भानु चोक जनकपुर, प्रदेश ३ को स्कूल रोड हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा प्रदेश ५ को हस्पिटल लाइन बुटवल, कर्णाली प्रदेशको बिरेन्द्रचोक सुर्खेत र सुदुरपश्चिम प्रदेशको चटकपुर धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याएको हो । प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको एकै साथ ८ नयाँ शाखा

काठमाडौं । सिद्धार्थ बैंकले एकैसाथ ८ स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको  छ । बैंकले काठमाडौं जिल्लाको धनेश्वर, बालुवाखानी, हात्तिगौडा, फर्पिङ, इचंगुनारायण, कीर्तिपुर, भक्तपुर जिल्लाको मध्यपुर ठिमी साथै बर्दिया जिल्लाको बाँसगढी सहित ८ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका  सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै बैंकले …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकले शेयरधनीलाई १५.७९% लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीमा १५.७९ प्रतिशतका दरले लाभांश (५%वोनश शेयर र १०.७९% नगद लाभांश) वितरण गर्ने भएको छ । बैंकको २५औँ वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो । सभाले आ.व. २०७४/७५ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७५ को वासलात, आ.व. २०७४/७५ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । बैंकले आ.व. …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले शेयरधनीलाई ३.६% बोनस शेयर र १.६% लाभांश दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले आ.व.२०७४/७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरि उक्त प्रतिवेदनमा पारित गरेको छ । बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७४/७५ …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको तीनवटा प्रदेश कार्यालयहरुको स्थापना

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको नितीमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । सो क्रममा बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो । बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको वित्तिय साक्षरता अभियान

काठमाडौं । कुमारी बैंक लिमिटेडले रुकुमको सोलाबाङ्गमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भसँगै फिनलिट नेपालको सहकार्यमा वित्तिय साक्षरता एवं संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । पश्चिम रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्गमा स्थित श्री बालकल्याण माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रममाझ विद्यालयको आधुनिक शैक्षिक प्रणालीमा मद्धत पु¥याउने उद्देश्यले बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले विद्यालयका अध्यक्ष लोक बहादुर ददेललाई १ थान ल्यापटप र १ थान प्रोजेक्टर हस्तान्तरण गरे । …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी गराए ।सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोज बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४ । ७५ को प्रतिवेदन …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा उदयपुरको चुहाडेमा

काठमाडाैँ । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ७ चुहाडेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यस शाखा रहित बैंकिङबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा रकम झिक्न, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,डिसहोम, सिडिएमएको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको गोंगबुमा

काठमाडौं । कामना सेवा विकास बैँक लिमिटेडले काठमाडौँको गोंगबुमा नयाँ शाखा स्थापना गरेर कारोबार शुभारम्भ गरेको छ । उक्त  शाखाको उद्घाटन बैंकका संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा  गरे  । बैँकले देशका ६१ वटै शाखा कार्यालयबाट एकैपटक घरदैलो तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय काठमाडौँको ज्ञानेश्वरमा रहेको कामना सेवा विकास बैँकले ६३ वटा शाखा र १७ वटा …

पुरा पढ्नुहॊस »