सुनको मूल्य ४ सयले बढ्याे

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ४ सयले बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको थियाे। यस्तै बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएकोमा बिहीबार भने १३ सयले बढेकाे थियाे।

बिहीबार ९४ हजारमा काराेबार भएकाे सुन आज ९४ हजार ४ सयमा काराेबार भइरहेकाे छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्यमा पनि वृद्धि भएकाे छ। आज चाँदीको मूल्य प्रतितोला १५ रूपैंयाँले बढ्दै एक हजार २८५ रुपैयाँ कायम भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस