आर्थिक

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यो सुन बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैंयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य पनि तोलामा १० …

पुरा पढ्नुहॊस »

नेपाल वायुसेवा निगमले माग्यो कर्मचारी

काठमाडौं । नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो। एक महिनाभित्र आवेदन दिनु पर्नेछ। अनलाइन दरखास्त दिन पनि सकिनेछ।

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ३२ पैसा र बिक्री दर १४० रूपैयाँ ९६ पैसा रहेको …

पुरा पढ्नुहॊस »

अर्थतन्त्रमा सुधार : नेपालसँग १० महिनालाई वस्तु आयात धान्ने विदेशी मुद्रा

काठमाडौं – नेपालको आर्थिक अवस्थामा सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार अर्थतन्त्रका विभिन्न सूचकमा सुधार देखिएको छ । कात्तिकसम्म शोधनान्तर स्थिति २० अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको कात्तिकमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा रहेको छ । चालु …

पुरा पढ्नुहॊस »

२० प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन खर्ब ७८ अर्ब भित्रियो

काठमाडौं । चालु आवको पहिलो चार महिनामा नेपालमा आउने रेमिट्यान्स बृद्धि भएको छ । साउन, भदौ, असोज र कात्तिकमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) २०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो । …

पुरा पढ्नुहॊस »

सेयर बजार घट्यो

काठमाडौं । सेयर बजार बिहीबार ओरालाे लागेकाे छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले ओरालो लागि १८८२.६० विन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अंक घटेर ३६८.०४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा २८ कम्पनीमा वृद्धि भएको र १६७ कम्पनीमा ओरालो लागेसँगै १५ कम्पनी स्थिर रहेको छ । यस्तै, कुल २५४ कम्पनीको कारोबारमा ४८ …

पुरा पढ्नुहॊस »

कति छ आज तरकारी तथा फलफूलको भाउ ? (मूल्य सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ४६ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार २९० र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ४५ रुपैयाँ, कागती १०५ रुपैयाँ र लोकल सानो गोलभेंडा २९ रुपैयाँ प्रति केजी तोकिएको छ ।  

पुरा पढ्नुहॊस »

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पाँचौं दिन आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ७ सय रूपैयाँले घटेर एक लाख ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसै गरी, चाँदीको मूल्य पनि बिहीबार २० रूपैयाँले घटेर १ हजार ३८० रूपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

वर्ल्डलिंकद्वारा महिला हिंसाविरुद्ध सचेतना जगाउन ‘पोडकास्ट’ अभियान

काठमाडाैँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ । ‘अरेञ्ज द वल्र्ड’ नामक सो अभियान अन्तर्गत पूर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका दस (१०) महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे ६ वटा पोडकास्ट निर्माण गरेकी थिइन् । पोडकास्ट अन्तर्गत अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघमा आवद्ध भएर नेपालको इज्जत राख्न सफल पहिलो महिला …

पुरा पढ्नुहॊस »

हरेक वर्ष जस्तै हिम इलेक्ट्रोनिक्सका हिटरहरू यो वर्ष पनि बजारमा

काठमाडाैँ । हिउँद लागेसँगै देशमा चिसो दिनानुदिन बढिरहेको छ । नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यो वर्ष पनि हिटरहरू बजारमा ल्याएको छ । हिमस्टारका विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुनुका साथै स्तरीय रहेको कम्पनीको भनाइ छ । ‘यी हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको हुँदा तुरुन्तै तातिन्छ र यसमा दुई वा …

पुरा पढ्नुहॊस »
This will auto close after