आर्थिक

मंगलबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

पोखरामा सेगवेको नयाँ शोरुम खुल्यो

काठमाडौँ । सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहबले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ । शोरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ । ‘बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ …

पुरा पढ्नुहॊस »

विराटनगरमा टीभीएसको एनओजी राइड आयोजना

काठमाडौं । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत १३ फागुन शनिबार आयोजना भएको यस राइड टीभीएसको विराटनगर शोरुमबाट सुरु भएर लेटाङसम्म पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको कम्पनीले जनाएको छ । सहभागी राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको कम्पनीले जनएको छ । करिब …

पुरा पढ्नुहॊस »

टायल उत्पादन केन्द्र खोल्न मुरारका ग्रुप र सोमानी सेरामिक्सबीच सहकार्य

काठमाडौँ । संयूक्त लगानीमा नेपालमा टायल उत्पादन केन्द्र खोल्न मुरारका ग्रुप र भारतको सोमानी सेरामिक्सबीच सहकार्य भएको छ । मुरारका ग्रुप र सोमानीबीचको संयूक्त उद्यमले नेपालमा करिब ३० लाख स्क्वायर मिटर वार्षिक क्षमताको टायल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । काठमाडौंको मेरियट होटलमा कम्पनीका प्रतिनिधिको उपस्थितिमा आयोजित सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो । मुरारका ग्रुपका प्रवन्ध निर्देशक पशुपति मुरारकाले गुणस्तरीय उत्पादनमा आफू प्रतिबद्ध रहेको …

पुरा पढ्नुहॊस »

नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न मिल्ने

काठमाडौँ । आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विधुतिय भुक्तानी सेवा प्रधानकर्ता को रुपमा रहने सम्झौता भएको छ । सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्नसक्नु हुन्छ । नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट् गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नुहुनेछ । ग्राहकवर्गहरुलाई भुक्तानी प्रकृया सहज पार्न र साथै …

पुरा पढ्नुहॊस »

ट्युनिसियाको लागि अवैतनिक वाणिज्यदूतको जिम्मेवारी भवानी राणालाई

काठमाडाैं । ट्युनिसियाको लागि अवैतनिक वाणिज्यदूतको जिम्मेवारी भवानी राणाले पाएकी छन्। उनले प्रमाणपत्र समेत ग्रहण गरेकी छन्। जिम्मेवारी पाएकोमा उनले ट्युनिसिया सरकार र नेपाल सरकारलाई धन्यवाद समेत प्रदान गरेकी छन्। उनी भन्छिन्, ‘हाम्रो अध्ययन अनुसार हाल ट्युनिसियासँग सानो आकारको तर महत्वपूर्ण व्यापारिक आदानप्रदान हुने गरेको छ। ट्युनिसियाबाट ओलिभ आयल, हेलिकोप्टरको मेसिनरी पार्ट्स आयात हुने गरेको छ भने नेपालबाट गलैँचा र हस्तकलाका सामान निकासी हुने गरेको छ, ती वस्तुको निकासी बढाउन …

पुरा पढ्नुहॊस »

टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

काठमाडाैँ । अपाचे ओनरस् ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड बिहीबारबाट सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवाल उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भने, ‘यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। पर्यटन …

पुरा पढ्नुहॊस »

विद्यालयलाई रिद्धिसिद्धिद्वारा कम्प्युटर

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुर मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरसहित शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा रिद्धिसिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालले भन्नुभयो, ‘हाम्रो सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्र राक्सिराङ कैलाश, मनहरीलगायतका आर्थिकरूपमा विपन्न विद्यार्थीले लाभान्वित हुने गरी हामीले यो शैक्षिक सामग्री वितरण गरेका हौँ ।’ क्याम्पसका अध्यक्ष तथा पूर्व सांसद ओमबहादुर घलानले कम्पनीको सहयोगप्रति आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकासका …

पुरा पढ्नुहॊस »

उद्योग वाणिज्य संघको आफ्नै सचिवालय भवन

काठमाडाैँ । खोटाङ उद्योग वाणिज्य संघले आफ्नै सचिवालय भवन निर्माण गरेको छ । घर भाडा लिएर कार्यालय सञ्चालन गर्दै आएको संघले जिल्ला अदालतमुनि करिब दुई रोपनी जग्गामा पक्की सचिवालय भवन निर्माण गरेको हो । संघ स्थापनाको करिब ४० वर्षपछि ५६ लाख २३ हजार तीन सय लगानीमा निर्माण गरिएको एकतले सचिवालय भवनको २५औँ साधारणसभा तथा ११औँ अधिवेशनकोे अवसर पारेर शनिबार प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर …

पुरा पढ्नुहॊस »

घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »
This will auto close after