बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भई रहेको चाँदी आज स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस