नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार राष्ट्रिय सहकारी बैंकमा आवद्ध हजारौँ सहकारीका सदस्यहरूले विभिन्न सहकारीमार्फत नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स सहजै भुक्तानी पाउन सक्नेछन् ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले हस्ताक्षर गरेका छन् ।

रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले रेमिट्यान्स बजारमा राष्ट्रिय सहकारी बैंकसँग आबद्धता हुनु गौरवको विषय भएको बताए ।

यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले नेपाल रेमिटजस्तो लामो इतिहास भएको रेमिट्यान्स् कम्पनीसँग आबद्धता हुनु खुसीको कुरा भएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस