आर्थिक

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको लाभांश घोषणा

काठमाडौँ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरिएको छ । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको हो । लक्ष्मी क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले ती दुई योजनाको लाभांश …

पुरा पढ्नुहॊस »

फर्स्ट माइक्रोफाइनान्सको नाफा प्रभावित

काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। यसअवधिमा खुद नाफा २३.३९ प्रतिशतले घटेर १९ करोड ६९ लाख ३० हजार रुपैयाँमा आएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ७० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअवधिमा खुद ब्याज आम्दानी सामान्य अर्थात १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ पुगेको छ। एक वर्षको अवधिमा यस कम्पनीको …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ । आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५१ रुपैयाँ रहेको छ । …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलले अपांगता संरक्षण नेपालका सदस्यलाई दियो सेयर तालिम

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा शेयर बजार सचेतना एवं वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । अपांगता संरक्षण नेपाल ९म्ष्कबदभिम ऋबचभ ल्भउब०ि अन्तर्गत रहेका सदस्यहरुमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुआती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो । कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटल लिमिटेडको मार्केटिंग एसोसिएट् विनय अधिकारीले गरेका थिए । कार्यक्रम पुँजीबजारमा सुरुआती प्रवेश …

पुरा पढ्नुहॊस »

दाेहाेराे अंकले घट्याे सेयर बजार

काठमाडौ । मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि सेयर झनै उच्च अंकले घटेको छ । आइतबार नेप्से २६.७३ विन्दुले घटेर २१००.३४ अंकमा आएर अडिएको छ । यस्ता विन्दुहरु आम लगानीकर्ताका लागि मनोवैज्ञानिक रुपमा समेत महत्वपूर्ण हुने गर्छन् । यसअघि मौद्रिक नीति सार्वजनिक हुने दिन बजार २२२७.१६ विन्दुमा बन्द भएको थियो । त्यसपछि लगातार बजार घटेको हो । यसबीचमा बजार करिब १२७ अंक घटिसकेको देखिन्छ । आइतबार करिब २ अर्ब …

पुरा पढ्नुहॊस »

३१ साउनदेखि हकप्रद सेयर जारी गर्दै अपी पावर

काठमाडौँ । अपी पावर कम्पनीले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। उक्त हकप्रद सेयरको लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ …

पुरा पढ्नुहॊस »

मिड सोलु हाइड्रोपावरको आइपिओ खुल्यो

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडाैँ । मिड सोलु हाइड्रोपावरले आज (आइतबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ७ लाख ४८ हजार ४०० लाख आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको …

पुरा पढ्नुहॊस »

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा

काठमाडौँ । विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी वापत प्रतिपटक अधिकतम अमेरिकी डलर दुई हजार पाँच सय बराबरको सटही सुविधा प्राप्त गर्नेछन् । त्यस्तो सटही सुविधा …

पुरा पढ्नुहॊस »

आइतबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रति तोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सयले बढेर १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ३ सय ५० रुपैयाँ …

पुरा पढ्नुहॊस »