काठमाडौं । नेपालको बैंकको नाफा ६ करोडले ओरालो लागेको छ । २०७४ पुसमा १ अर्ब ६३ करोड नाफा गरेको बैंकले २०७५ पुसमा १ अर्ब ५७ करोडमा झरेको हो । बैंकले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरेर जम्मा ८५ अर्ब मात्रै ऋण लगानी गरेको छ । नेपाल बैंकको सिडी रेसियो जम्मा ७१.४७ प्रतिशत मात्रै रहेको छ । बैंकले असोजदेखि पुस मसान्त अवधीमा १२ अर्ब निक्षेप बढाएर ६ अर्ब कर्जा लगानी …
पुरा पढ्नुहॊस »सहयोगी विकास बैंकको नाफा २९१ प्रतिशतले बृद्धि
जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले बृद्धि गरेको छ । बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार आव २०७५/०७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको हो । बैंकले गत त्रैमासिक २०७५/०७६ मा असोज मसान्तमा भन्दा दोश्रो त्रैमासिकमा ११६.९८ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल छ । बैंकको ०७४÷०७५ को असोज मसान्त सम्ममा १ करोड भन्दा बढी घाटा व्यहोर्नु परेको थियो । …
पुरा पढ्नुहॊस »सोह्र बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कसले कति कमाए
काठमाडाैँ । हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । १६ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै मुनाफा नविल बैंकले कमाएको छ । ७ बैंकको नाफा एक …
पुरा पढ्नुहॊस »१ अर्बको ऋणपत्र निष्काशन गर्दै सनराइज बैंक, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडाैँ ।सनराइज बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा माघ १३ गते निवेदन दिएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८० ’ निष्काशनको लागि अनुमति मागेको हो । बैंकले ऋणपत्र बिक्रीका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । बैंकले जारी गर्ने १० लाख कित्ता …
पुरा पढ्नुहॊस »गरिमा विकास बैंक र फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सबीच रेमिट सम्झौता
काठमाडौं । गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात हाल देशभर सञ्चालनमा रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका ११९ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत …
पुरा पढ्नुहॊस »एशियन लाईफ इन्स्योरेन्सबाट मृत्युदावी भुक्तानी
विराटनगर । एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले विराटनगर शाखाबाट सुनसरी गढी गॉउपालिका ३ का मृतक बीमीत पुसलाल मण्डलको श्रीमती रिखिया देवी मण्डललाई कम्पनीले बोनस सहित १ लाख ३१ हजार १ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बीमित मण्डलको टिभी रोग लागि मृत्यु भएको थियो । उनले ६ वर्ष अगाडि अग्रिम भुक्तानीमा बीमा गरी २५ हजार रुपैयाँ फिर्ता लिएका भएता पनि सो रकम कट्टा नगरी निजको …
पुरा पढ्नुहॊस »ग्रीन डेभलपमेण्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको तालचोक शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले पोखरा महानगरपालिकामा रहेको त्रिवेणी इन्टरनेशनल कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंक तालचोक शाखाका शाखा प्रवन्धक सुशिल पौडेलले बैंकवाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, सम्पत्ती शुद्धीकरण, एटिएम कार्ड, बचत लगायतका विषयमा प्रशिक्षण दिए । सोही कार्यक्रममा वोल्दै त्रिवेणी इन्टरनेशनल कलेज, विद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतमले व्यवहारिक …
पुरा पढ्नुहॊस »मेगा बैंकको शाखा धादिङको ज्वालामुखीमा
काठमाडौं । मेगा बैंकको नयाँ शाखा धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा औपचारिक रुपमा उदघाटन भएको छ । सो शाखा कार्यालयको उद्घाटन गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिनाले गरे । बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास रहेको छ । बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको प्रबन्धक दवाडीले बताए …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरेपश्चात बैंक नियमानुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग …
पुरा पढ्नुहॊस »एनएमबी बैंकको नाफा झण्डै एक अर्ब
काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको छ महिनामा १५.३० प्रतिशतले नाफा बढाउँदा एक अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ। बैंकको खुद व्याज आम्दानी ४९ प्रतिशतले बृद्धि भएको छ। बैंकको व्याज आम्दानी ३१ प्रतिशतले बृद्धि हुँदा व्याज खर्च भने २३ प्रतिशत मात्रै छ। बैंकले दुई अर्ब रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। बैंकले छ महिनाको अवधिमा निक्षेप संकलन ९.३० प्रतिशतले बढाउदा ऋण लगानी भने २१.६ प्रतिशतले बढाएको छ। यहि …
पुरा पढ्नुहॊस »