बैंकिङ्ग

ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरेपश्चात बैंक नियमानुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकको नाफा झण्डै एक अर्ब

काठमाडौं । एनएमबी  बैंकले चालु आर्थिक वर्षको छ महिनामा १५.३० प्रतिशतले नाफा बढाउँदा एक अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ।  बैंकको खुद व्याज आम्दानी ४९ प्रतिशतले बृद्धि भएको छ। बैंकको व्याज आम्दानी ३१ प्रतिशतले बृद्धि हुँदा व्याज खर्च भने २३ प्रतिशत मात्रै छ। बैंकले दुई अर्ब रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। बैंकले  छ महिनाको अवधिमा निक्षेप संकलन ९.३० प्रतिशतले बढाउदा ऋण लगानी भने २१.६ प्रतिशतले बढाएको छ। यहि …

पुरा पढ्नुहॊस »

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको नाफा ६ महिनामा १ करोड ५९ लाख

काठमाडाैँ । ५३ करोड १६ लाख ५८ हजार रुपैयाँ चुक्तापूँजी रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ करोड ५९ लाख २३ हजार रुपैयाँ मुनाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिको भन्दा १७ दशमलव ४५ प्रतिशतले नाफा घटेको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा १ करोड ९२ लाख ९१ हजार रुपैयाँ  रहेको थियोे । सम्भावित नोक्सानीको लागी करीब ३ करोड …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको नयाँ शाखा रुपन्देहीको मानपकडीमा

काठमाडाैँ । गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सी प्रसाद चौधरीले गरे । कार्यक्रममा सभासद चौधरीले गण्डकी विकास बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउन आग्रह गर्दै बैंकलाई यस मानपकडीमा स्वागत गर्न पाउदा खुसी लागेको बताए । उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा …

पुरा पढ्नुहॊस »

जनरल इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच बिहिबारका आयोजित कार्यक्रमबीच उक्त सेवा प्रदान गर्ने सम्वन्धी सम्वन्धी सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका महा प्रबन्धक एस् के तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूले शेयर धनीलाई २५ प्रतिशत लाभांश दिने

काठमाडाैँ । बैंक अफ काठमाण्डूले आफ्ना शेयर धनीलाई शेयर पुँजीको १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंक अफ काठमाण्डूको २४ औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो। सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको थियो। बैंकका अनुसार राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्सिङ रिर्पोटिङ्ग स्टाण्डर्स बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको हो।

पुरा पढ्नुहॊस »

सांग्रिला बैंकका ग्राहकलाई ग्राण्डीमा विशेष छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका भिसा डेविट कार्ड प्रयोगकर्ता …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक लिमिटेडको नयाँँ शाखा धरानमा

काठमाडौं । ज्योति विकास बैंकले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका १२ मा रहेको उक्त नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच उद्घाटन भयो ।

पुरा पढ्नुहॊस »

चैनपुरका विद्यार्थीलाई राष्ट्रिय वाणिज्य बैंकको न्यानो कपडा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संखुवासभाको चैनपुर नगरपालिकामा न्यानो कपडा वितरण गरेको छ । बैंकले चैनपुरको सरस्वति माध्यामिक विद्यालयमा अध्यनरत ५ सय जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो  । सो कार्यक्रममा संखुवासभाका जिल्ला न्यायाधीस प्रकास राउत, चैनपुर ६ का अध्यक्ष नेत्रबहादुर डांगी, विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष दिनेश श्रेष्ठ, प्रधानाध्यापक उज्ज्वल कर्मचार्य, बैंकका खांदबारी शाखाका प्रबन्धक अनिशकुमार रायमझी लगायत  स्थानीय सरकारी तथा संघसंस्थाका प्रतिनीधिहरुले …

पुरा पढ्नुहॊस »

“बेटी पढाउ, बेटी बचाउ” अभियानमा प्रभु बैंकको सहकार्य

काठमाडौं । प्रदेश नं. २ स्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडकाबीच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । २ नं. प्रदेशस्तरीय मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्पmबाट सहायक महाप्रबन्धक अशोक खड्गीले उक्त सम्झौतामा हस्ताक्षर गरी मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो । सम्झौता अनुसार पहिलो चरणमा प्रदेश …

पुरा पढ्नुहॊस »