ग्रीन डेभलपमेण्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं ।  ग्रीन डेभलपमेण्ट बैंकको तालचोक शाखाले  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  बैंकले  पोखरा महानगरपालिकामा रहेको त्रिवेणी इन्टरनेशनल कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई  वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

बैंक तालचोक शाखाका शाखा प्रवन्धक सुशिल पौडेलले बैंकवाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, सम्पत्ती शुद्धीकरण, एटिएम कार्ड, बचत लगायतका विषयमा प्रशिक्षण दिए ।

सोही कार्यक्रममा वोल्दै त्रिवेणी इन्टरनेशनल कलेज, विद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतमले व्यवहारिक ज्ञान अभिवृद्धीको लागि यस साक्षरता कार्यक्रमले टेवा पु-याउने जानकारी दिए  ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री