सहयोगी विकास बैंकको नाफा २९१ प्रतिशतले बृद्धि

जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले बृद्धि गरेको छ । बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार आव २०७५/०७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको हो ।

बैंकले गत त्रैमासिक २०७५/०७६ मा असोज मसान्तमा भन्दा दोश्रो त्रैमासिकमा ११६.९८ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल छ । बैंकको ०७४÷०७५ को असोज मसान्त सम्ममा १ करोड भन्दा बढी घाटा व्यहोर्नु परेको थियो । बैंकले पहिलो त्रैमासिकमा अघिल्लो सोही महिनाको तथ्यांकमा पनि ३०० प्रतिशतले बृद्धि गर्न सफल भएको थियो ।

बैंकले गत अवधिको तुलनामा यस बर्ष निक्षेप तथा कर्जा लगानीमा पनि बृद्धि गरेको छ । बैंकले निक्षेपमा २५.८२ प्रतिशतले बृद्धि गरेको र कर्जा लगानीमा २४.२२ प्रतिशतले बृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल बताए । जसमा गत बर्षको तुलनामा खुद नाफालाई १५ प्रतिशतले बृद्धि गरेको छ ।

गत बर्ष २०७४/०७५ को यही अवधिमा निक्षेप ३ अर्ब ४५ करोड ४६ लाख ६९ हजार थियो भने यस बर्षको सोही अवधिमा ४ अर्ब ३४ करोड ६८ लाख सम्म पुर्याउन बैंक सफल भएको छ । त्यसैगरी लगानी तर्फ २ अर्ब ८४ करोड ८८ लाख ७१ हजार प्रवाह गरेको थियो भने यस बर्षको सोही अवधिमा बढाएर ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार पु¥याउन सफल भएको छ ।

बैंकको व्याज आम्दानीमा सामान्य बृद्धि भएपनि बैंकले ‘एभरेज इन्ट्रेस्ट स्प्रेड’ दर ५.१० प्रतिशतमा कायम गर्न सफल भएको छ । बैंकले आफ्नो निष्क्रिय कर्जा २.४५ प्रतिशतबाट १.६३ प्रतिशतमा झार्न सफल भएको तथ्यांकले देखाएको छ । त्यस्तै बैंकले आधार दरलाई १०.८८ प्रतिशतबाट १०.२५ प्रतिशत कायम गर्न पनि सफल भएको जानकारी दिएको छ ।

बैंकद्वारा प्रकाशित वित्तीय विवरण अनुसार बैंकको कोषको लागत र आधार दर घटे पनि बैंकको लागत बढेको देखिन्छ । बैंकले गत बर्षको तुलनामा सम्पत्तिमा पनि बृद्धि गरेको छ । प्राविधिक हिसावले पनि बैंकले गत बर्ष भन्दा राम्रो फड्को मारेको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए ।

गत बर्ष २०७४/०७५ को यसै अवधिमा बैंकले आफ्नो कारोबार ८ शाखा मार्फत गर्दै आएकोमा हाल आएर १२ शाखा कार्यालयबाट कारोबार सञ्चालन गर्न सफल भएको छ । यही माघ महिना भित्रै बैंकले २ शाखा थप गरी १४ शाखा मार्फत कारोबार गर्ने पनि उनले जानकारी दिए ।
बैंकले एक बर्षको अवधिमा २० हजार ग्राहक थप गरी अहिले ८५ हजार सन्तुष्ट ग्राहक बनाउन सफल भएको छ ।

चुक्ता पूँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । महोत्तरी, सिन्धुली र धनुषा कार्यक्षेत्र रहेको यो बैंकलाई प्रदेश नं. २ को उदाहरणीय बैंकको रुपमा स्थापित गराउँदै राष्ट्रियस्तरको विकास बैंक बनाउन आफू प्रतिबद्धताका साथ लागि परेको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस