बैंकिङ्ग

भार्गव विकास बैंकको नाफा ९५%ले बढयो

काठमाडौं । भार्गव विकास बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा चालू आवको तेस्रो त्रैमासमा ९५ प्रतिशतले बढेको छ । गत आवमा रू. २ करोड ६७ लाख आर्जन गरेको नाफा चालू आवमा रू. ५ करोड २२ लाख कमाएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ३ करोड ३१ लाख नाफा कमाएको थियो । कम्पनीले गत आवको तुलनामा खुद व्याज आम्दानी ७२ प्रतिशत र सञ्चालन मुनाफा ७२ प्रतिशतले बढाएपछि नाफा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको शाखा हाकिमचोकमा

चितवन । मुक्तिनाथ विकास बैंकले शनिवार भरतपुर महानगरपालिकाको वडा नम्बर १० को हाकिमचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको चाहना र सेवा सुविधालाई ध्यानमा राखी उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले पैसा कमाउनुभन्दा बचत गर्नु ठूलो कुरा भएको भन्दै बैंकले ग्राहकको सेवा सुविधालाई ध्यानमा राखी उत्तरदायित्व वहन गर्ने बताइन् । बैंकका शाखा प्रमुख गंगाधर तिमिल्सिनाले बैंकको सेवा र सुविधाका बारेमा …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले अर्थतन्त्रमा राम्रो संकेत देखिएको बताएका छन्।  राष्ट्र बैंकको ६४औं बार्षिकोत्सवको अवसरमा बोल्दै डा. नेपालले भने, तीन बर्षदेखिको उच्च आर्थिक बृद्धिले अर्थतन्त्रमा उत्साह थपेको हो । गभर्नरले ७२४ स्थानीय तहमा बैंकको शाखा पुगिसकेको जानकारी दिँदै प्रति शाखा ३५६० जनसंख्यालाई सेवा दिन थालेको बताए। अहिले देशभर ८२०५ स्थानमा बैंकका शाखा छन्।

पुरा पढ्नुहॊस »

कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । काठमाडौं महानगरपालिका कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले एक समारोहकाबीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् । बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलफुल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ्ग पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुर्याउने …

पुरा पढ्नुहॊस »

नेपाल बैंकबाट रिलायबल लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडाैँ । नेपाल बैंकबाट रिलायबल लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । यी दुई कम्पनीबीच बीमा सेवामा सहकार्य सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण वावु लोहनीले सयुक्त रुपमा हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार नेपाल बैंकले देशका ६१ जिल्लामा फैलिएका १ सय ६१ शाखा कार्यालय मार्फत रिलायबल लाईफ इन्स्योरेन्सकोले जारी गर्ने विभिन्न १२ …

पुरा पढ्नुहॊस »

चितवनको हाकिम चोकमा मुक्तिनाथको नयाँ शाखा, ११४ वटा शाखा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा  चितवनको, हाकिमचोक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख  शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएकोमा सहयोग उल्लेखनीय रहेको बताइन् । शाखा कार्यालयको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधिहरु, व्यापारी, कर्मचारी र समाजसेवीहरुको उपस्थिति …

पुरा पढ्नुहॊस »

खल्ती डिजिटलले पायो नेपाल राष्ट्र बैंकबाट अनुमति

काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमति दिएको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्योट विनियमावली २०७२’ बमोजिम खल्तीले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । डिजिटल भुक्तानीका साथै अब खल्ती मार्फत आन्तरिक मनी ट्रान्सफर र विभिन्न मोबाइल वित्तीय सेवा पनि उपलब्ध हुनेछन् । नेपाली युवा उद्यमीको समूहले सन् २०१७ मा स्थापना गरेको खल्ती डिजिटल भुक्तानी सेवा …

पुरा पढ्नुहॊस »

बैंकमा जागिरको अवसर, ज्योति विकास बैंकले माग्यो ५४ जना कर्मचारी

काठमाडौं । ज्योति विकास बैंकमा ५४ जनाको लागि रोजगारी खुलेको छ । बैंकले माथिल्लो तहका कर्मचारीको माग गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार २० जना ब्रान्च म्यानेजर माग गरेको छ । उक्त पदमा आवेदन दिन इच्छुक आवेदकको लागि विभिन्न शर्तहरु राखिएको छ । जसमा कम्तिमा ५ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको लगायत शैक्षिक योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नेछन् । यस्तै रिलेसनसिप म्यानेजर २० जना माग गरिएको छ …

पुरा पढ्नुहॊस »

कन्काई विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं । कन्काई विकास बैंकले इलामको भानुभक्त माध्यमिक विद्यालय, मंगलबारेलाई बुधवार शैक्षिक सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विपन्न छात्रछात्राहरूलाई स्कूल ब्याग, क्यालेन्डर लगायत शैक्षिक सामग्री वितरण गरेको हो । उक्त शैक्षिक सामग्री बैंकको तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत रवीन्द्र अर्यालले उक्त विद्यालयका विद्यार्थीहरूलाई वितरण गरेका थिए ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको ३ नयाँ शाखा संचालनमा

काठमाडौं । एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुरमा १ गरि ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठबाट, चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि के.सीबाट उद्घाटन भएको छ । त्यसैगरी, पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ पर्सा स्थित …

पुरा पढ्नुहॊस »