काठमाडौं । रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज बिहान अन्दाजी २ः३० बजेको समयमा दिपाले आफ्नै श्रीमानको हत्या गरेकी हुन् । आमाले चिर्पटले टाउकोमा हानेपछि बुबाको मृत्यु भएको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।
सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
प्रतिकृया दिनुहॊस