बैंकमा जागिरको अवसर, ज्योति विकास बैंकले माग्यो ५४ जना कर्मचारी

काठमाडौं । ज्योति विकास बैंकमा ५४ जनाको लागि रोजगारी खुलेको छ । बैंकले माथिल्लो तहका कर्मचारीको माग गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार २० जना ब्रान्च म्यानेजर माग गरेको छ ।

उक्त पदमा आवेदन दिन इच्छुक आवेदकको लागि विभिन्न शर्तहरु राखिएको छ । जसमा कम्तिमा ५ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको लगायत शैक्षिक योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नेछन् । यस्तै रिलेसनसिप म्यानेजर २० जना माग गरिएको छ । यो पदमा आवेदन दिन योग्य आवेदकले न्यूनतम २ वर्ष बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव आवश्यक पर्दछ भने त्यही अनुसार शैक्षिक योग्यता पनि हुनुपर्ने रहेको छ । मान्यताप्राप्त विश्व विद्यालयबाट इकोनोमिक विषयमा ब्याचलर पास गरेको हुनुपर्ने छ ।

बैंकले जारी गरेको सूचनामा टे«निङ एण्ड डेभलपमेन्ट प्रमुख १ जनाको लागि रोजगारी खुलेको छ । उक्र पदमा आवेदन दिन चाहने योग्य उम्मेदवारले इकोनोमी विषयमा डिग्री गर्नुका साथै चार वर्षको कार्य अनुभव पनि आवश्यक ठानिएको छ । ब्राण्डिङ एण्ड कप्रोरेट कम्यूनिकेशन प्रमुख १ जनाको लागि रोजगारीको अवसर रहेको छ । उक्त पदमा आवेदन दिनको लागि इकोनोमि विषयमा डिग्री गर्नुका साथै ४ वर्षको काम गरेको अनुभव आवश्यक पर्दछ ।

रिसर्च एण्ड डेभलपमेन्ट अफिसर एक जनाका लागि अवसर रहेको छ । इकोनोमिमा एमए गर्नुका साथै ३ वर्ष रिसर्च एण्ड डेभलपमेन्ट क्षेत्रमा काम गरेको अनुभव आवश्यक ठानिएको छ । बैंकले जारी गरेको सूचनामा हार्डवयर पसोर्ट र सफ्टवेयर डेभलपर पनि मागिएको छ । यसका लागि आईटिमा ग्रयाजुएट गरेको हुनुपर्ने लगायत योग्यता माग गरिएको छ । त्यस्तै जुनियर प्रोग्रामर १ जना र कम्प्लायन्स इन्टरनल अडिट एसिस्टेन्ट ८ जना माग गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds