काठमाडौं । खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमति दिएको छ ।
राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्योट विनियमावली २०७२’ बमोजिम खल्तीले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।
डिजिटल भुक्तानीका साथै अब खल्ती मार्फत आन्तरिक मनी ट्रान्सफर र विभिन्न मोबाइल वित्तीय सेवा पनि उपलब्ध हुनेछन् । नेपाली युवा उद्यमीको समूहले सन् २०१७ मा स्थापना गरेको खल्ती डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो ।
खल्तीका प्रयोगकर्ता आठ लाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस