प्रभु बैंकको एक्सटेन्सन काउण्टर श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा

काठमाडौँ । प्रभु बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं-३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । बैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि विहीबारदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

उक्त काउन्टरको शुभारम्भ विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले गरेका हुन् ।

बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैङ्कद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण (तस्वीरहरु)

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लागि राहत …

प्रतिकृया दिनुहॊस