काठमाडौं । आज साउने संक्रान्ति पर्व देशभर मनाईंदैछ । नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् । साउन महिना महिलाहरु हातमा हरिया चुरा र मेहन्दी लगाएर सजिएका हुन्छन् । प्रेम, वर्षा र झरीको सँगम साउन महिना, महिलाहरुका लागि विशेष महिनाको रुपमा लिइन्छ । विवाहित देखि अविवाहित महिलाहरुले हातमा …
पुरा पढ्नुहॊस »लुम्बिनी बिकास बैंकको शाखा सुनसरीको हरिनगरामा
काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत सुनसरी जिल्लाको हरिनगरामा आफ्नो ५१औं शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरेका छन् । स-साना निक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानी गरि तराईका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस लुम्बिनी विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न …
पुरा पढ्नुहॊस »एनआईसी एसिया बैंकको ब्रान्ड एम्बेस्डर मनिषा कोइराला
काठमाडौं । एनआईसी एसिया बैंकले अभिनेतृ मनिषा कोइरालालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । बुधबार एक कार्यक्रम गर्दै बैंक तथा अभिनेतृ कोइरालाबीच उक्त सम्झौता भएको हो । साे सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र अभिनेतृ कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अभिनेत्री कोइरालाले दुई वर्षसम्म बैंककोे ब्रान्ड एम्बेस्डरका रूपमा व्यवसाय प्रवद्र्धन तथा अन्य गतिविधिमा प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा बोल्दै अभिनेतृ कोइरालाले बैंकबाट ब्रान्ड एम्बेस्डरको प्रस्ताव भएपछि आफूले बैंकसम्बन्धी …
पुरा पढ्नुहॊस »विदेशमा ज्यान गुमाउनेलाई ७ लाख क्षतिपुर्ति दिने
काठमाडौं । सरकारले विदेशमा ज्यान गुमाएका कामदारका परिवारलाई दिने क्षतिपूर्ति बापतको रकम ७ लाख रुपैयाँ बनाउने प्रस्ताव सरकारले पारित गरेको छ । सरकारले अहिले ३ लाख रहेको मृतकका परिवारले पाउने क्षतिपूर्तिबापतको रकम ७ लाख रुपैयाँ बनाएको हो । मन्त्रिपरिषदले ३ लाखको क्षतिपूर्ति रकमलाई बढाएर ७ लाख बनाउने निर्णय गरिसकेको छ ।
पुरा पढ्नुहॊस »नेपाली बजारमा पनि प्लास्टिकको चामल
काठमाडौँ ।पछिल्लो समय नेपाली बजारमा पनि प्लास्टिकको चामल बिक्रि गरेको भेटीएको छ । प्लाष्टिकको चामल बिक्री वितरणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले मंगलबार साँझ काठमाडौंको स्वयम्भु सानो भर्याङमाबाट टंक शेरचनलाई पक्राउ गरेको हो ।चिन र भियतनाममा बनेको आरसिटी ब्राण्डको नक्कली चामल विक्री वितरणबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकले भूकम्प पिडितलाई नगद वितरण
काठमाण्डौं । विश्व खाद्य कार्यक्रम (World Food Program) द्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको सेमजोङ्ग गा.वि.स. मा असार २० – २२ गते सम्म तीन दिने नगत वितरण (Cash Camp) कार्यक्रमको आयोजना गरेको छ ।विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगत वितरण (Cash Camp) कार्यक्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा ७३० परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायवल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति
काठमाडाै ।ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाईअसार २५ गते प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ । माननिय अर्थमन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की ज्यूले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गर्नुभयो । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामिणस्तर सम्म १७ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको र उक्त बैंकको रु.८ अर्व निक्षेप, रु.७ अर्व कर्जा तथा रु.१ अर्व १ …
पुरा पढ्नुहॊस »भिबोर सोसाइटीमा लुम्बिनी फाइनान्स गाभियो, लुम्बिनी विकास बैंकको नामबाट एकीकृत कारोबार शुरु
काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.मा लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लि. गाभिएको छ । आइतबार उक्त फाइनान्स भिबोर सोसाइटी डेभलपमेन्टमा गाभिई लुम्बिनी विकास बैंक लि.को नामबाट एकिकृत कारोवार शुरु गरेको छ । दुई बैंक गाभिए पश्चात बनेको नयाँ विकास बैंकको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले आइतबार एक कार्यक्रम बीच गरेका हुन् । उक्त विकास बैंकको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान …
पुरा पढ्नुहॊस »गीतकार शिवाकोटीले ल्याए ‘कुलकुल’
काठमाडौं । गीतकार गोविन्दराज शिवाकाटी आफ्नो नयाँ ‘कुलकुल’ गीति एल्बम तथा म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । उनको एल्बम तथा म्युजिक भिडियो वरिष्ठ गीतकार रत्न शमशेर थापा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी र गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाको संयुक्त रुपमा बिमोचन गरे। गीतकारसमेत रहेका कृष्ण भट्टराइको एकल स्वर रहेको एल्बममा ‘आज फेरि..’ र ‘तिमीलाई नदेख्दा…’ बोलका गीत समेटिएका छन् । ती गीतमा गीतहरुको सगीत वरिष्ठ संगीतकार शंकर थापा, …
पुरा पढ्नुहॊस »क्लिन फिड लागू नगर्न केवल टिभीहरुको संस्था तथा डिटिएच कम्पनीले गरे माग, विज्ञप्ति सहित
काठमाडौं । सरकारले क्लिन फिड अर्थात् विज्ञापनरहित टेलिभिजन च्यानल प्रशारण लागू गराउने प्रकृयामा रहेकाे छ तर यसकाे संभावना नरहेको यस क्षेत्रमा आबद्धता भएका व्यवसायी संस्थाहरुले जानकारी दिएका छन् । अार्इतवार केबल टेलिभिजन प्रसारकहरुको संस्था नेपाल केवल टेलिभिजन महासंघ , नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ तथा डिटिएचबाट टेलिभिजन च्यानल सेवा संचालन गरिरहेको डिस होमले संयुक्तरुपमा क्लिन फिडको विरोधमा प्रधानमन्त्री तथा सुचना तथा संचार मन्त्रालयका सचिव समक्ष ज्ञापन पत्र बुझाएका छन् । ती …
पुरा पढ्नुहॊस »