एनआईसी एसिया बैंकको ब्रान्ड एम्बेस्डर मनिषा कोइराला

काठमाडौं । एनआईसी एसिया बैंकले अभिनेतृ मनिषा कोइरालालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । बुधबार एक कार्यक्रम गर्दै बैंक तथा अभिनेतृ कोइरालाबीच उक्त सम्झौता भएको हो । साे सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र अभिनेतृ कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अभिनेत्री कोइरालाले दुई वर्षसम्म बैंककोे ब्रान्ड एम्बेस्डरका रूपमा व्यवसाय प्रवद्र्धन तथा अन्य गतिविधिमा प्रतिनिधित्व गर्नेछिन् ।

कार्यक्रममा बोल्दै अभिनेतृ कोइरालाले बैंकबाट ब्रान्ड एम्बेस्डरको प्रस्ताव भएपछि आफूले बैंकसम्बन्धी सामान्य अनुसन्धान गरेको तथा बैंकले ग्रान्ड भिजन लिएको हुँदा आफूले प्रस्ताव स्वीकार गरेको जानकारी गरार्इन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री