खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ का लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान घरबाट दिदिको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार ३ सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »प्युठानमा जिप दुर्घटना १ जनाको मृत्यु
प्युठान। प्युठान नगरपालिका-८, पाडाबाङमा पिकअप जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २ जना घाइते भएका छन्। नौबहिनि गाउँपालिकाको बाहाने बजारबाट प्युठान नगरपालिकाको बाग्दुलातर्फ फर्कँदै गरेको लु १च ६७८१ नम्बरको उक्त पिकअप मङगलबार राति दुर्घटनामा परेको थियो । पिकअप दुर्घटनामा परी पिकअपमा सवार ३ जना मध्य प्युठान नगरपलिका – ८ बाग्दुला बस्ने २१ बर्षीय समर कुँबरको घटना स्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको जिल्ला …
पुरा पढ्नुहॊस »पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना कोरोना संक्रमितको मृत्यु
बुटवल । पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१२ का ४७ वर्षीय पुरुष,कन्चन गाउँपालिका-४का २७ वर्षीया महिला, बुटवल ९का ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमा भर्ना भएका थिए ।
पुरा पढ्नुहॊस »२१ औं वर्षमा नेपाल लाइफ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको हो । यो अवधिमा देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीकाे दावी छ । करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन …
पुरा पढ्नुहॊस »सल्यानमा थप दुईको कोरोनाबाट मृत्यु
सल्यान । कोभिड १९ को संक्रमणबाट सल्यानमा थप दुईजनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्यानमा उपचाररत बागचौर नगरपालिका–२ चिल्ढालेकी ५२ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैशीले जानकारी दिएका छन् । २१ गते दिउँसो टाउको दुख्ने, ज्वरो आउने भएपछि अस्पतालमा भर्ना गरिएका उनको परीक्षण गर्दा कोरोनना पोजेटिभ देखिएको थियो। उता शारदा नगरपालिका–१ श्रीनगरका ७४ वर्षीय पुरुषको पनि कोरोनना संक्रमणबाट मंगलबार राति मृत्यु भएको छ।
पुरा पढ्नुहॊस »देशभर वर्षा, भोलिसम्म मौसम नखुल्ने
काठमाडौं । अहिले देशको सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ बैशाख २२ गते (बुधबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती: देशका …
पुरा पढ्नुहॊस »नर्भिक अब ‘कोभिड अस्पताल’
काठमाडौं । यस नर्भिक इन्टरनेशनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएको छ । नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको निकै दिन भइसकेको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए । उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत प्रष्ट पारे । प्रधानमन्त्री …
पुरा पढ्नुहॊस »निषेधाज्ञामा थप कडाइ : ५१ जिल्लामा निषेधाज्ञा
काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र बन्ने क्रमसँगै धमाधम ‘लकडाउन’ हुने जिल्लाहरुको संख्या पनि थपिन थालेका छन् । आजदेखि निषेधाज्ञा जारी गरिएका जिल्ला ५१ पुगेको छ । यीमध्ये बाँके, सुर्खेत, कास्की, कैलालीमा निषेधाज्ञाको अवधि थप गरिएको गृह मन्त्रालयले जनाएको छ। यस्तै, काठमाडौं उपत्यकासहित पर्सा र सुनसरीमा पनि लम्ब्याइँदै छ। मन्त्रालयका अनुसार बागलुङ, नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासीपूर्व गरी ८ जिल्लामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। महोत्तरी, रोल्पा …
पुरा पढ्नुहॊस »दाङमा २१ दिने शिशुमा कोरोना संक्रमण
दाङमा । २१ दिने शिशुमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा सोमबार गरिएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो । सोमबार नै १५ कै एक महिनाका अर्का शिशुमा पनि कोरोना सङ्क्रमण देखिएको थियो। अन्नपूर्णपोस्टबाट
पुरा पढ्नुहॊस »