२१ औं वर्षमा नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको हो ।

यो अवधिमा देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीकाे दावी छ ।

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचांकले अब्बल सावित भएको छ ।

कम्पनीमा सर्वाधिक लगानी १११ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

कम्पनीको सर्वाधिक चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँभन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पुँजीकरण रहेको छ ।

कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११ अर्ब ९८ करोड रुपैयाँ, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९ अर्ब ७७ करोड रुपैयाँ तथा सर्वाधिक मृत्युदावी ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढि भुक्तानी गरिसकेको छ ।

कम्पनीमा १ लाख ७६ हजार ४३ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको …

प्रतिकृया दिनुहॊस