रश्मी

इसेवा मनि ट्रान्सफर र पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र अस्ट्रेलियाको पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतापछि अस्ट्रेलियामा रहेका नेपालीले आफ्नो बैंक खाता तथा इसेवा वालेटमा रियल टाइममा  रेमिट्यान्स् पठाउन सक्नेछन् । यस्तै पेरू रेमिटमार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिने इसेवा रेमिटले जनाएको छ । पेरू रेमिट अस्ट्रेलियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । जहाँबाट अस्ट्रेलियामा …

पुरा पढ्नुहॊस »

गायिका प्रविशा र गायक सुभाष पुरीको ‘सामिप्यता’

काठमाडौं ।  गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा समावेश ‘सामिप्यता’ बोलको गीत सार्वजनिक भएको छ । यो भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङलाई हेर्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन छ ।

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  पर्वत जलजला गाँउपालिका-३ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यसैगरी पर्वत जिल्लाको कुश्मा नगरपालिका-९का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । तनहुँ जिल्लाको व्यास नगरपालिका-१ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी पोखरा -२५ का ६५ …

पुरा पढ्नुहॊस »

सुन तोलाको ११ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार  सुनको मूल्य तोलाको   ११  सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ९१  हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हाे । त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज ३०  रुपैयाँले बढेर  प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

मोरङबाट लागुऔषध सहित २ जना पक्राउ

मोरङ।मोरङको बिराटनगर महानगरपालिका-१६ बाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । बिहिवार राती १० बजेको समयमा भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक ईटहरी उप-मानगरपालिका-४ का २४ बर्षीय असिम बस्नेत र स्कुटरमा पछाडी सवार रहेका ईटहरी उप-मानगरपालिका-५ का ३२ बर्षीय कुमार बिश्वकर्मा लागुऔषध सहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० …

पुरा पढ्नुहॊस »

झापाको मेचीनगरमा कपास उद्योगमा आगलागी १० लाख बराबरको क्षति

झापा। झापाको मेचीनगर नगरपालिका-१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहिवार साँझ  ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको तथा आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुरा पढ्नुहॊस »

दिन प्रतिदिन रेकर्ड बनाउदै कोरोना २४ घण्टामा ९ हजार ७० जनामा संक्रमण

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ९  हजार ७०  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९  हजार ७० जनामा संक्रमण भएको हो ।   यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८  हजार ५ सय ८०  पुगेको छ भने पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार …

पुरा पढ्नुहॊस »

विद्युत प्राधिकरणको सरकार समक्ष प्रस्ताव,खरिपाटीस्थित तालिम केन्द्रलाई ‘आइसोलेसन सेन्टर’ बनाऊ

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणलको  तालिम केन्द्रमा   ‘आइसोलेसन सेन्टर’ निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ । तालिम केन्द्रको पूर्वाधारलाई आइसोलेसन सेन्टरको रुपमा निर्माणका लागि  मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी दिए।तालिम केन्द्र परिसरभित्रका भवनहरुमा रहेका ६६ वटा कोठामा १ सय ३३ वटा बेडहरु राख्न  सकिने र ,गत वर्ष राखिएका बेड पनि त्यहाँ रहेकाले , त्यसमा थप ५० बेड थपि आवश्यक डस्ना, …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकद्वारा विभिन्न खातामा बीमा दाबी भुक्तानी

काठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरुविरुद्घ प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्घटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ। बैंककाे सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार ८४१ बीमा दाबी भुक्तानी भईसकेको छ । बैंकले उक्त भुक्तानी इन्स्याेरेन्स पार्टनर शिखर इन्स्याेरेन्स मार्फत गरेको हो । आफ्नो स्थापनाकाल देखी नै ग्राहक केन्द्रित भएर काम गरिरहेको …

पुरा पढ्नुहॊस »

दाजुले कुटपीट गर्दा भाईको मृत्यु

उदयपुर । दाजुले कुटपीट गर्दा भाईको मृत्यु  भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ । गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाईबीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको क्रममा  बिराटनगरको गोल्डेन अस्पतालमा बुधवार दिउँसो मृत्यु भएको  प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »