निषेधाज्ञामा थप कडाइ : ५१ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र बन्ने क्रमसँगै धमाधम ‘लकडाउन’ हुने जिल्लाहरुको संख्या पनि थपिन थालेका छन् । आजदेखि  निषेधाज्ञा जारी गरिएका जिल्ला ५१   पुगेको छ ।

यीमध्ये बाँके, सुर्खेत, कास्की, कैलालीमा निषेधाज्ञाको अवधि थप गरिएको गृह मन्त्रालयले जनाएको छ।

यस्तै, काठमाडौं उपत्यकासहित पर्सा र सुनसरीमा पनि लम्ब्याइँदै छ।

मन्त्रालयका अनुसार बागलुङ, नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासीपूर्व गरी ८ जिल्लामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ।

महोत्तरी, रोल्पा र बाजुरामा बुधबारदेखि निषेध आदेश लागू हुने मन्त्रालयले  गरेको तथ्यांकमा छ। दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, गोरखा, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप रताप्लेजुङमा आंशिकरूपमा मात्रै निषेध आदेश जारी गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था छ ।

निषेधाज्ञा लागू भएका जिल्लाहरु






बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस