सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ । छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा आइपुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ पनि ३०० रुपैयाँले घटेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ १० रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री