सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ । छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा आइपुगेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ पनि ३०० रुपैयाँले घटेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ १० रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस