शिखर इन्स्योरेन्सकाे बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडाैं । शिखर इन्स्योरेन्सले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हाे ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो ।

शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीहरुमा जारी गर्दैछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफद्वारा पहिलो त्रैमासको व्यापार समीक्षासहित आगामी रणनीति तर्जुमा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय ‘बिजनेस रिभ्यू मिट’सम्पन्न गरेको छ । काठमाडौँमा …

प्रतिकृया दिनुहॊस