काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आइपिएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्नेछन् ।
याे सेवाकाे सुरुवातसँग अब खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखापुग्नु पर्ने छैन र अनलाइबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिनेछ ।
अनलाइन सेल्फ भेरिफाई गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन २ लाख तथा प्रति महिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आइपिएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमाफर्म बुझाएर एक पटक भेरिफाई गराउनु पर्ने हुन्छ ।
अनलाइन सेल्फ भेरिफाई प्रकृयाको लागि भने ग्राहकले कनेक्टआइपिएसमा रजिष्टर गरेको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर भने एउटै हुनुपर्छ ।
सेल्फ भेरिफाइ गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक वित्तिय संस्थाले उपलब्ध गराएको सीमाफरक हुन सक्ने बैंकले जनाएकाे छ ।




