नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन्। मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए। पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारीस्वरुप गौतम …
पुरा पढ्नुहॊस »माओवादी केन्द्र स्थायी कमिटी बैठक: पार्टीको विधान पारित
नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो। बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी …
पुरा पढ्नुहॊस »टिकटक बनाउँदा सेती नदीमा खसेकी युवती बेपत्ता
तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन्। मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका-८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन्। सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए। उनीसहित दुई जना साथी पनि थिए। लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो। नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको …
पुरा पढ्नुहॊस »सभामुखसँग हामीलाई अझै आशंका छः सुवास नेम्वाङ
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएका हुन्। नेम्वाङले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै उनले आफूहरुले सभामुखलाई लगाएको आरोपलाई सभामुखले बुझ्नु पर्ने बताए। सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए। उनले सत्तापक्षको ढंग नपुगेका …
पुरा पढ्नुहॊस »निपा भाइरस निकै खतरनाक छ, संक्रमणबाट बच्न सतर्क रहनुहाेलाः स्वास्थ्य मन्त्रालय
सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका छन्। प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्न नहुने बताए । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको बताए। प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको …
पुरा पढ्नुहॊस »मिस लिटील नेवा: कात्तिक ६ गते हुने
नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटील नेवा: यस वर्ष पनि हुने भएको छ। नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार कोभिड १९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको मिस लिटील नेवाः यस वर्ष आगामी कात्तिक ६ गते शनिवार राजधानीमा हुनेछ। १३औं संस्करणको यो प्रतियोगितामा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी …
पुरा पढ्नुहॊस »सुनचाँदीको मूल्य स्थिर
साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। सोमबार ३ सयले बढेको सुन आज स्थिर रहेको हो। आइतबार ४ सयले घटेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज स्थिर छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।
पुरा पढ्नुहॊस »सुराकीको आरोप लगाउँदै तालिवानद्वारा पन्जशिरमा २० सर्वसाधारणको हत्या
अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन्। सुराकीको आरोप लगाउँदै तालिवानले सर्वसाधारणको हत्या गरेको हो। हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको देख्न सकिन्छ। त्यस्तै, तालिवानले अर्का एक दुई सन्तानका पिताको पनि हत्या गरेका छन्। युद्धसँग आफ्नो कुनै स्वार्थ नरहेको बताएका अब्दुल सामीलाई तालिवानले हत्या गरेका हुन्। तालिवानले उनीमाथि विद्रोहीलाई सहयोग गरेको आरोप लगाएको छ। गत साता पन्जशिरमा त्यहाँका विद्रोही …
पुरा पढ्नुहॊस »बालबालिकालाई खोप उपलब्ध गराउन सरकार प्रयासरत: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका छन्। सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको बताए। संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक …
पुरा पढ्नुहॊस »भारतमा एकै दिन थपिए २४ हजार ४७९ कोरोना संक्रमित
भारतमा थप २४ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८८ हजार २१ पुगेको छ। भारतमा ३ लाख ६८ हजार १२७ जना संक्रिय संक्रमित छन्। यस्तै यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ। पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार २४७ पुगेको छ ।
पुरा पढ्नुहॊस »