आज ३९१ जनामा संक्रमण पुष्टि, ६८० जना कोरोना संक्रमणमुक्त

नेपालमा थप ३९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

६ हजार ९६६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३८५ तथा १ हजार १११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १२ हजार २७९ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ६ सय ८० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ८१ हजार ४५६ जना संक्रमणमुक्त भइसकेका छन्।

आज थप ६ जनाले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा ११ हजार २८४ जनाको मृत्यु भइसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री