आज १ हजार ९६ जना संक्रमित थपिए, १ हजार ४ संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार ७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३०५ पुगेको छ । कूल निको हुनेको संख्या ७ लाख ८३ हजार ३९७ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ६ हजार ५१७ र एन्टीजेनबाट ९३ हजार ५६९ पुगेको छ ।

हालसम्म ४३ लाख ३६ हजार ६१८ पीसीआर र ६ लाख ३५ हजार ७९ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

नेपालमा हाल ११ हजार ८१५ जना सक्रिय संक्रमित रहेका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस