गुल्मीमा बुबालाई खुकुरी हानेर छोरा फरार, खोजी कार्य जारी

गुल्मीको धुर्कोटमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन्। धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिए।

खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ। उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताए।

सामान्य घरायसी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाइते बनाएर भागेको प्रहरीले जनाएको छ। घटनाका आरोपितको खोजी कार्य जारी छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री