कुमारी बैंक र निको बाल अस्पतालबिच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

काठमाडौँ । कुमारी बैङ्क लिमिटेड र भरतपुर, चितवनस्थित निको बाल अस्पतालबिच छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैङ्कका ग्राहकहरूलाई निको बाल अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी भएको हो ।

सो सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले सो निको बाल अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैङ्कको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

उक्त सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैङ्क विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैङ्किङ्ग सेवा दिदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैङ्किङ्ग इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिने, यी क्षेत्रमा परिचालन गरिने

काठमाडौँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (करिब ३ अर्ब ३३ करोड …

प्रतिकृया दिनुहॊस