President Donald Trump reacts before speaking at a rally at the Phoenix Convention Center, Tuesday, Aug. 22, 2017, in Phoenix. (AP Photo/Alex Brandon)

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितनजिक, समर्थकलाई सम्बोधन

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आइरहँदा स्विङ स्टेट जर्जिया रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा देखिएको छ । यसले ट्रम्पको अमेरिकाको ४७ औं राष्ट्रपति बन्ने बाटो सहज बनाइ दिएको छ ।अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित उन्मुख भएका छन् ।

यसअघि नर्थ क्यारोलाइना पनि ट्रम्पको पोल्टामा परिसकेको छ । नर्थ क्यारोलाइनाका १६ र जर्जियाका १६ स्थानमा विजय हासिल गरेसँगै ट्रम्पलाई राष्ट्रपति बन्न सजिलो हुने देखिएको हो । अहिलेसम्म ट्रम्पका पक्षमा २४५ सिट देखिएको छ भने डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसका पक्षमा २१४ सिट देखिएको छ ।

अमेरिकाका ५० राज्य, राजधानी डिसी र मेन तथा ओमाहा (नेब्रास्का) का १-१ इलेक्टोलर सिट गरी ५३८ सदस्यीय इलेक्टोलर कलेजले राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्नेछन् । ५३८ सदस्यीय इलेक्टोलर कलेजमध्ये २७० सिटमा विजयी हुने पार्टीका उम्मेदवार अमेरिकाका ४७ औं राष्ट्रपति बन्ने छन् ।

त्यही मतका आधारमा उपराष्ट्रपतिको पनि चयन हुनेछ । एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलतासँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी भइरहेको छ । फ्लोरिडास्थित चुनावी अभियानको कार्यालयमा उनका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् । त्यहाँ ट्रम्पले सम्बोधन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गर्ने पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका–१ बस्ने ३८ वर्षीय सुरेन्द्र …

प्रतिकृया दिनुहॊस