काठमाडौं । नेपाल-अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ । संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति भएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । जलस्रोत व्यवस्थापनमा विश्वमा कहिलिएको मुलुक अष्ट्रेलियासँगको साझेदारीबाट नेपाल लाभान्वित हुने जल तथा शक्ति आयोगका सहसचिव माधव वेलबासेले बताए । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले साझेदारीका नयाँ क्षेत्र विस्तार गर्न आफ्नो मुलुक तयार रहेको बताएका …
पुरा पढ्नुहॊस »टिपर सञ्चालनको समय थप गर्ने निर्णय फिर्ता
काठमाडाैं । काठमाडाैं उपत्यकािभत्र ट्रिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि छाेट्याइएकाे हो । अब साउन ४ गतेकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यसअघि गत साउन १ गते ट्रिपरले ट्राफिक जाम र असुरक्षा बढाएको भन्दै काठमाडौंभित्र रिङरोड, रिङरोड भित्र र कोटेश्वरबाट जडिबुटीसम्मको सडक …
पुरा पढ्नुहॊस »सिन्धुलीमा ट्रक दुर्घटना, दुईजनाको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ केराबारीमा गएराति ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक सप्तरीका ३२ वर्षीय लोकबहादुर मगर छन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा राति सवा १ बजे मृत्यु भएको हो । ट्रकमा सवार अन्दाजी २६ वर्षीय ब्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा ट्रकमा …
पुरा पढ्नुहॊस »सांसदले आफूखुसी जहाँसुकै खर्चन पाउने
काठमाडौं । बजेटमा राखिएको प्रावधानविपरीत सांसदहरूले आफुखुसी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ । बजेटको प्रावधानअनुसार ४ करोड रुपैयाँका पाँचवटा योजनामात्र सांसदले छनोट गर्न पाउनेछन् । मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमसम्बन्धी नियमावलीमा २० वटासम्म योजना छनोट गर्न सक्ने व्यवस्था गरिएको हो । संसद्बाट पारित भएको विनियोजनसम्बन्धी ऐनविपरीत नियमावली बनाएर सरकारले सांसदहरूलाई मनलाग्दो खर्च गर्ने बाटो खोलिदिएको हो । अाजको कान्तिपुर दैनिकमा …
पुरा पढ्नुहॊस »सुन तस्करी : पत्तै लाग्दैनन् गिरोहका नाइके
काठमाडौं । केरुङ नाका हुँदै अवैध प्रक्रियाबाट भित्र्याइएको ५ केजी सुन प्रहरीले बरामद गरेको छ । सार्वजनिक बसमा कम्मरमा सुन बाँधेर काठमाडौं आउँदै गरेका १८ वर्षीय सोमबहादुर तामाङ बुधबार बालाजु नजिक तीनपिप्लेबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार केरुङको सीमापारि चिनियाँ व्यापारी सुन बोकेर भरियाको खोजीमा बस्छन् । ‘वी च्याट’मार्फत सम्पर्कमा आउनेलाई उनीहरू सुन दिएर पठाउँछन् । काठमाडौं पुगेपछि मात्रै उनीहरू भरियालाई उक्त सुन कहाँ पुर्याउने हो भन्ने खुलाउँछन् । …
पुरा पढ्नुहॊस »दसैँमा ‘आइएमई पे’को १० रुपैयाँमा हवाई यात्रा योजना
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दसैँमा हवाई टिकट योजना ल्याएको छ । स्किमअन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्ने यात्रु मध्ये प्रत्येक दिन ६ जनाले दश रुपैयाँ वाहेकको अन्य हवाई शुल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउने कम्पनीले जनाएको छ । यो योजना २०७५ साल असोज १७ गतेदेखि ३१ गतेसम्म कायम हुनेछ …
पुरा पढ्नुहॊस »दसैँ तिहारमा यी दिन बैंकहरु बन्द रहने
काठमाडाैं । यस पटक दसैँमा बैंकहरु पाँच दिन बन्द रहने भएका छन् । राष्ट्र बैंकका अनुसार असोज ३० गतेदेखि कात्तिक तीन गतेसम्म अर्थात फूलपातिदेखि एकादशीका दिनसम्म बैंकहरु बन्द रहनेछन् । अघिल्लो वर्षभन्दा यस पटक तीन दिनको विदा घटेको हो । अघिल्लो दसैँमा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाका दिन समेत बैंकहरु बन्द रहने गरेका थिए । त्यस्तै तिहारमा कात्तिक २१ गते (लक्ष्मीपूजा) २२ गते (गोवद्र्धन पूजा) र २३ गते (भाइटिका)का दिन बन्द हुनेछन् …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री ओली आज दिउँसो स्वदेश फर्कदै
काठमाडाैं । संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् । महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको भ्रमणसमेत गरेका थिए । त्यहाँ शान्ति विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो । असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका ओली करिब २ सातापछि बिहीबार दिउँसो काठमाडौं आइपुग्न लागेका हुन् । प्रधानमन्त्री ओली दिउँसो ३:४५ बजे कतार एयरवेजको नियमित उडानबाट काठमाडौं आइपुग्ने भएका छन् । न्यूयोर्कमा प्रधानमन्त्री …
पुरा पढ्नुहॊस »मंसिरमा किन आउँदैछन् मोदी फेरि नेपाल ?
काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मंसिरमा नेपाल भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री भएपछि मोदीले गर्न लागेको यो पाँचौँ भ्रमण हो । जयनगर–कुर्था–बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड नेपाललाई हस्तान्तरण गर्न उनी मंसिर १२ गते नेपाल आउन लागेका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् । यो भ्रमणमा उनी काठमाडौं भने आउने छैनन्। मोदी मंसिर १२ मा नेपाल आएर १३ गते पटना फर्किने कार्यक्रम छ। यस अघि …
पुरा पढ्नुहॊस »विना पैसा दैनिक ४० जना बालबालिकालाई पढाउँछिन् सबिता
काठमाडाैं । रौतहटकाे बृन्दावन नगरपालिका–६ सिसवाटोलकी सबिता दास काखमा नानी च्यापेर बिहान बेलुकी एउटै चटारोमा भेटिन्छिन्- गाउँभरिका दलित तथा गरिब बालबालिकालाई ट्युसन पढाउँदै । बालबालिकाहरू ढोका ढक्ढक्याउन पुग्छन् अनि दिक्क नमानी पढाउँछिन्। विद्यालयमा के सिकेर आए, गृहकार्य के गर्दै छन् भन्ने सोध्छिन् । चार वर्षदेखि उनी यही काम गरिरहेकी छन्। प्लस टु पास गरेकी दासले हिजोआज गाउँका गरिब तथा विपन्न परिवारका छोराछोरीलाई निःशुल्क पढाएकी छन्। नर्सरीदेखि कक्षा ५ सम्मका करिब ४० …
पुरा पढ्नुहॊस »