प्रधानमन्त्री ओली आज दिउँसो स्वदेश फर्कदै

काठमाडाैं । संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् । महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको भ्रमणसमेत गरेका थिए ।

त्यहाँ शान्ति विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो । असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका ओली करिब २ सातापछि बिहीबार दिउँसो काठमाडौं आइपुग्न लागेका हुन् । प्रधानमन्त्री ओली दिउँसो ३:४५ बजे कतार एयरवेजको नियमित उडानबाट काठमाडौं आइपुग्ने भएका छन् ।

न्यूयोर्कमा प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न अन्तरक्रिया तथा छलफलमा सहभागी भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमालेका मन्त्रीले राजीनामा दिएपछि ८ मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं । एमालेले सम्हालेका ८ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन् । …

प्रतिकृया दिनुहॊस