काठमाडाैं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुगेका छन् । रूससँग अर्बौं डलरको लडाकु विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालिरहेका छन् । रूसले राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएको छ । रूसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाउने …
पुरा पढ्नुहॊस »आयल निगमले माग्यो धेरै संख्यामा कर्मचारी (सूचनासहित)
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । निगमले निर्देशकदेखि टेक्निसियनसम्मको पदमा कर्मचारी मागेको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् :-
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो । कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद …
पुरा पढ्नुहॊस »नेपाल एयरलाइन्सले ताप्लेजुङ-काठमाडाैं उडान गर्ने
काठमाडाैं । लामो समयदेखि उडान गर्न नसकेको नेपाल एयरलाइन्सले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडान गर्ने तालिका …
पुरा पढ्नुहॊस »माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार
काठमाडाैं । लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला आज एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज निर्माण भएको लिवर्टी इनर्जीका अध्यक्ष तथा लगानीकर्ता कुशकुमार जोशीले जानकारी दिए। अध्यक्ष जोशी र प्रबन्ध निर्देशक डा आत्माराम घिमिरेले आज संयुक्तरुपमा स्वीच अन गरी अन्तिम ‘ब्रेक थु्र’ गरे। दोर्दीखोलामा निर्माणाधीन कूल २५ मेगावाट क्षमताको सो आयोजनाको दुई हजार …
पुरा पढ्नुहॊस »एक करोडमा निर्माण भएको शीतभण्डार वर्षौंदेखि प्रयोगविहीन
सिन्धुली । गोलान्जोर गाँउपालिका -४ तीनकन्याका कृषक बेगबहादुर आले कमलामाई नगरपालिका – ४ दोभानटारमा शीत भण्डार भवन निर्माण हुदाँ निकै उत्साहित थिए । शीत भण्डार निर्माण भएपछि आफ्नो बगैंचामा उत्पादित जुनार बेमौसममा पनि बेच्न पाउने र मुल्य पनि राम्रै पाउने भयो भन्दै उत्साहित आले अहिले शीत भण्डार प्रयोगविहीन हुदाँ दुःखी छन् । कृषक बेगबहादुर आले बिदेसीले जुनारलाइ नै लक्षित गरेर करोड खर्च गरि निर्माण गरिदिएको भवन प्रयोगमा ल्याउन नसक्नु दुर्भाग्य …
पुरा पढ्नुहॊस »डलरको भाउ अहिलेसम्मकै महंगो, हेर्नुस् कति पुग्यो?
काठमाडाैं । अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको छ । बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर शुक्रबार एक रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको हो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर बिक्रीदर छ । डलर बढ्दा …
पुरा पढ्नुहॊस »किष्ट बैंकका पूर्व-प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ
काठमाडाैं । कमसल धितो प्रवाह गरेर घोटाला गरेको आरोप लागेपछि फरार रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो । भारतमा पक्राउ परेर नेपाल ल्याइएका ज्ञवालीलाई आज धनगढीबाट काठमाडौँ ल्याइदै छ । नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसला गरेको थियो …
पुरा पढ्नुहॊस »‘प्रधानमन्त्री कार्यालयमा राजतन्त्रको झल्को’
काठमाडाैं । सांसदहरूले निजामती कर्मचारी प्रशासन संघीयता असफल पार्न उद्यत भएको आरोप लगाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न निकाय गाभेर संघीयताको उपहास गरेको भन्दै विपक्षी दलका सांसद मात्र नभई सत्तापक्षकै सांसदले सरकारको आलोचना गरेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले मुख्यसचिव लोकदर्शन रेग्मीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलगायत पदाधिकारीसँग मन्त्रालयको कामकारबाहीबारे बिहीबार छलफल गरेको थियो । छलफलमा सांसदले केन्द्र सरकारले प्रदेश तथा स्थानीय तहलाई अधिकारविहीन बनाएको, प्रधानमन्त्री …
पुरा पढ्नुहॊस »सन्दीप पाकिस्तान प्रिमियर लिगको ड्राफ्टमा पनि!
काठमाडाैं । पछिल्लो सयम अन्तर्राष्ट्रिय क्रिकेट लिगमा छाइरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग (पीएसएल) को ड्राफ्ट सूचिमा पनि परेका छन् । अस्टेलियाका पूर्व कप्तान स्टिभ स्मिथ, दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डे भिलियर्ससहित ५०० जना खेलाडी ड्राफ्टमा परेका छन् । अफगानिस्तानका रासिद खान, एबी डे भिलियर्स, क्रिश लिन, ब्याण्डम म्याकुलम, कोलिन मुनरो,ड्यान ब्राभो, सुनिल नाराने, किरन पोलार्ड, थिसारा परेरासहितका खेलाडीहरू प्लाटिनम क्याटेगोरीमा परेका छन् …
पुरा पढ्नुहॊस »