काठमाडाैं । बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार बुलेटप्रुफ सिसाभित्र राखिएको श्रीपेचको अबलोकन गर्नेछन्। यो खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्। प्रधानमन्त्री ओलीबाट पहिलो अबलोकन भएपछि श्रीपेच सर्वसाधारणको लागि प्रदर्शनीमा राख्न लागिएको हो। नारायणहिटी दरबारलाई संग्रहालय बनाइएको एक दशकपछि श्रीपेच खुल्ला गर्न लागिएको हो। संग्रहालयमा श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाउने मुकुट, एउटा झारी, दुईवटा चमरसहितका सामग्री …
पुरा पढ्नुहॊस »यस्तो छ शीर्ष नेतासहित सेलिब्रिटीको दशैं योजना
काठमाडाैं । हिन्दू धर्मालम्बीको महान चाड बडादशैंले नेपालीका घर आँगनमा छोइसकेको छ । विभिन्न राजनीतिक दलका नेतासहित विभिन्न पेशा र क्षेत्रका चर्चित व्यक्तिले के–के योजना बनाएका होलान्? आजको नयाँ पत्रिका दैनिकले यसलाई खोतन्ने प्रयास गरेको छ । नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल दशैं काठमाडौंमै मनाउँदैछन्। उनले दशैंमा काठमाडौंका डाँडाकाँडा घुम्ने योजना बनाएका छन्। उनले दशैंमा भाइ भतिजा र कार्यकर्तालाई टिका लगाइदिने योजना पनि बनाएका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल …
पुरा पढ्नुहॊस »सँगै मदिरा खाएकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
काठमाडाैं । १६ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य केही फरार भएको प्रहरीको आंशका छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाले सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ गरी घटनाबारे अनुसन्धान थालिएको बताए । उनले घटनामा अन्यको संलग्नताबारे पनि अनुसन्धान तीव्र पारिएको बताए । १६ वर्षे किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देही देवदह नगरपालिका १० बस्ने वर्ष ३५ का …
पुरा पढ्नुहॊस »दसैं मनाउन देश छिर्दा यसरी हुन्छ नेपालीमाथि भारतीयद्वारा लुटपाट
काठमाडाैं । कञ्चनपुरको गड्डाचौकी नाकामा दसैंमा घर फर्कनेहरू लामबद्ध छन् । भारतीय सुरक्षाकर्मीले भने उनीहरूलाई ठाउँठाउँमा सास्ती दिएको छ। पाँच ठाउँमा खानतलासी हुन्छ । प्रत्येक ठाउँमा पैसा तिर्नुपर्छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा कञ्चनपुरबाट विष्णुप्रसाद देवकोटाले लेखेका छन् । दिल्लीको आनन्दविहारबाट घर फर्किएका खगेन्द्रप्रसाद भट्ट मंगलबार बिहान वनबासा बसपार्क पुगे। वनबासादेखि गड्डाचौकीसम्म पुग्दा उनको झोला पाँच ठाउँमा खोतलियो। ६ किलोमिटर दूरीमा उनले पटकपटक कम्तीमा २० देखि बढीमा दुई सय …
पुरा पढ्नुहॊस »घुस नखाने कसम खाएको १० दिन नबित्दै १६ पक्राउ
काठमाडौं । सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो । सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए । तर, घुस लिन छाडेनन् । प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे । १९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा दायर गर्यो । ‘बाहिर घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन’, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने, ‘घुस …
पुरा पढ्नुहॊस »अब मन्त्रीको ‘मनिटरिङ’ अनलाइनबाट
काठमाडाैं । मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तचथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको छ । राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार ती निकायले अब हरेक महिनाको ७ गतेभित्र अनलाइन प्रणालीमार्फत आफ्नो विवरण पेश गर्नुपर्नेछ । त्यसैका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन तथा मूल्यांकन गर्ने भएका छन् । सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनका लागि आफ्नो नीति तथा कार्यक्रम पूरा गर्न तय गरेको ‘एक्सन प्लान’अनुसारको प्रगति हरेक …
पुरा पढ्नुहॊस »पीएसजीसँग पाँच गोलले हार्न रेड स्टारले ‘म्याच फिक्सिङ’ गरेको आरोप
काठमाडाैं । फ्रेन्च अधिकारीहरुले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन(पीएसजी) र रेड स्टार बेलग्रेडबीचको खेलमा म्याच फिक्सिङ भएको हुनसक्ने भन्दै अनुसन्धान थालेको छ । फ्रेन्च पत्रिका ला इक्विपलाई उद्धृत गर्दै बीबीसीले रेड स्टारका अधित्रकारीले पाँच मिलियन युरोमा पीएसजीसँग ५ गोलले हार्न म्याच फिक्सिङ गरेको बताएको छ । दुवै क्लबले आरोपको खण्डन गरेका छन् । च्याम्पियन्स लिगमा समहू सीमा तेस्रो स्थानमा रहेको छ । समान तीन अंक भएको लिभरपूल दोस्रो स्थानमा छ …
पुरा पढ्नुहॊस »पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा
काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या भएको प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी गरेका छन् । साउदी वाणिज्य दूतावासमा मारिएका पुष्टि गर्ने दृश्य प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी टर्कीका अधिकारीहरुले गरेका हुन् । पत्रकार खसोगी बेपत्ता भएका घटनाका बारेमा छानबिन गर्न एउटा साउदी टोली इस्तानबुल पुगेको छ । अंकाराले उक्त घटनाका सम्बन्धमा एउटा संयुक्त छानविन टोली गठन गर्ने बारेको साउदी प्रस्ताव आफूले स्वीकार गरेको जनाएको छ । …
पुरा पढ्नुहॊस »धादिङमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु
धादिङ । पृथ्वी राजमार्गको भिमसेनस्थानबाट कच्ची सडक चकमकेतर्फ जाँदै गरेको बा ५ ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका वडा नम्बर १० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नम्बर १० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले …
पुरा पढ्नुहॊस »नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिंदै
काठमाडौं । नवरात्रिको चौथो दिन देवी कुष्माण्डाको पूजा गरिंदै छ । आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो । जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिईन् । त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिएको छ । यी देवीको आठवटा हात रहेको छ । यिनलाई त्यसैले अष्ठभूजा पनि भन्ने …
पुरा पढ्नुहॊस »