News desk

कांग्रेसले चियापानको स्वरूप फेर्‍यो

काठमाडाैं । दसैँको कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले बर्सेनि गर्दै आएको चियापानको स्वरूप बदल्ने भएको छ । बिपी कोइराला भारत निर्वासनबाट राष्ट्रिय मेलमिलपाको नीति लिएर फर्किएपछि २०३४ सालबाट बर्सेनि कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले चियापान गर्दै आएको थियो । तर, अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयमा हुँदै आएको चियापान यसपटक ७४ जिल्लामा पनि हुने भएको छ । काठमाडौं, ललितपुर, भक्तपुरको जिल्ला कार्यसमितिले केन्द्रमै कार्यक्रम गर्ने भए पनि ७ कात्तिकमा अरू ७४ जिल्ला सदरमुकाममा पनि केन्द्रीय स्वरूपमै चियापान …

पुरा पढ्नुहॊस »

चिनीको मूल्यमा ‘गम्भीर आर्थिक चलखेल’

काठमाडाैं । चाडपर्वका बेला सरकारी निकाय र चिनी उद्योगको मिलेमतोमा चिनीको मूल्य चरम वृद्धि गर्दै ‘आर्थिक चलखेल’ भएको निष्कर्ष संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन गर्न बनेको उपसमितिले निकालेको छ । लेखा समितिअन्तर्गत गठित उपसमितिले बिहीबार समितिमा प्रतिवेदन बुझाउँदै आर्थिक चलखेल भएकाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न निर्देशन दिनुपर्ने सुझावसमेत दिएको छ । सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनमा चिनी उद्योगले मूल्यमा कार्टेलिङ गरेको र त्यसमा सरकारी …

पुरा पढ्नुहॊस »

ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् । निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ । त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको …

पुरा पढ्नुहॊस »

मेसीविनाको खेलमा अर्जेन्टिनाको सहज जित

काठमाडाैं । स्टार खेलाडी लियोनेल मेसीसहितका चर्चित अनुहारविहिन अर्जेन्टिनाले इराकमाथि शानदार जित निकालेको छ । साउदी अरेबियामा बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४–० ले हराएको हो । अर्जेन्टिनाको टिममा अधिकाशं युवा अनुहारलाई मौका दिएको थियो । उसका लागि लाउतारो मार्टिनेजले गोल गरे। उनको यो राष्ट्रिय टिमका लागि पहिलो गोल हो । यस्तै पाउलो डिबालाको सहयोगमा रोबर्तो परेयराले गोल गरे । अर्जेन्टिनाका लागि तेस्रो गोल जर्मन पजेलाले गरेका हुन् । यस्तै …

पुरा पढ्नुहॊस »

चर्चमा आक्रमण गर्ने १७ जनालाई मृत्युदण्डको फैसला

काठमाडाैं । इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो । इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो । घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दश जनालाई दशदेखि १५ बर्षसम्मको जेल सजाय तोकिएको …

पुरा पढ्नुहॊस »

निर्मलाको ‘भेजिनल स्वाब’ परीक्षणमै श‌ंका

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको योनिबाट संकलित ‘भेजिनल स्वाब’ परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानव अधिकार आयोगले शंका गरेको छ । राजधानी दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, आयोगले चिकित्सकीकय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर भेजिनल स्वाब सुरक्षित राख्न प्रहरीलाई निर्देशनसमेत दिएको छ । आयोगले बिहीबार यो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्श गरेको छ । त्यसक्रममा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणप्रति आयोगले …

पुरा पढ्नुहॊस »

फोन गर्दा १०, उठाउँदा पाँच रुपैयाँ

हुम्ला । हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको फोन प्रयोग कम हुँदै गएको छ । अझ इन्टरनेटले त एउटै घरका वल्लोपल्लो कोठामा समेत संवाद हुन थालेको छ । नयाँ पत्रिका दैनिक लेख्छ, हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने फोन गर्न पनि पालो कुर्नुपर्ने अवस्था छ । ‘एउटै फोन छ, जिमी क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ, त्यसैले पालो कुरेर बस्छौँ’, स्थानीय निमाछिरिङ तामाङले भने । उनका अनुसार फोन दिउँसो घाम लागेका …

पुरा पढ्नुहॊस »

लोकसेवाले गर्‍याे १०६ कर्मचारीलाई कारबाहीको सिफारिस, ३८ बर्खास्त

काठमाडौं । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो । ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।  निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती …

पुरा पढ्नुहॊस »

पशुपतिनाथमा वार्षिक १३ करोडको भेटी

काठमाडौं । पशुपतिनाथलाई पछिल्लो सात वर्गामा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ ।  पशुपति विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा तथ्य सार्वजनिक गरेको हो । पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुंगानालो पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड भेटी प्राप्त भइरहेको जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ । २०६८ सालअघि पशुपतिनाथको भेटीको गणना गर्ने चलन थिएन । यो वर्षमा साउन महिनाको सोमबार, बोलबम …

पुरा पढ्नुहॊस »

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं । आश्विन नवरात्रको तेस्रो दिन अाज माता दुर्गाको तेस्रो शक्तिस्वरुप चन्द्रघण्टा देवीको पूजाआजा गरी मनाईँदैछ । चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ। यी देवीको १० वटा हात र १० हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, …

पुरा पढ्नुहॊस »