दुई दिनपछि प्रधानमन्त्री ओलीले श्रीपेच अबलोकन गर्ने

काठमाडाैं । बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार बुलेटप्रुफ सिसाभित्र राखिएको श्रीपेचको अबलोकन गर्नेछन्। यो खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।

प्रधानमन्त्री ओलीबाट पहिलो अबलोकन भएपछि श्रीपेच सर्वसाधारणको लागि प्रदर्शनीमा राख्न लागिएको हो। नारायणहिटी दरबारलाई संग्रहालय बनाइएको एक दशकपछि श्रीपेच खुल्ला गर्न लागिएको हो। संग्रहालयमा श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाउने मुकुट, एउटा झारी, दुईवटा चमरसहितका सामग्री बुलेटप्रुफ शोकेसभित्र राखिने भएको हो।

राजतन्त्र समाप्त भएर ज्ञानेन्द्र शाहले दरबार छाडेपछि ०६५ जेड २९ मा श्रीपेचसहितका सामग्री शैलुनमा राखिएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस