काठमाडाैं । सुदूर पश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पदीय आचरणविपरीत काम गरेको ठहर्याउँदै मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका छन् भने नेकपाले पार्टी सदस्यबाट समेत निलम्बन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई मंगलबार पदबाट हटाएका हुन्। ‘पदीय आचरणविपरीत कार्य गरेकाले पदमुक्त गरिएको हो,’ मुख्यमन्त्री भट्टले पत्रकारहरुसँग भने। आचरण विपरितको त्यस्तो के कार्य हो भन्ने उनले खुलाएनन्। श्रोतका अनुसार सोडारी महिलासम्बन्धी विवादमा तानिएपछि प्रधानमन्त्री ओलीले सोमबार मुख्यमन्त्री भट्टलाई …
पुरा पढ्नुहॊस »ओलीले एक महिनाअघि उद्घाटन गरेका विजुली बस पुल्चोकमै थन्किए
काठमाडाैं । महिनादिन अघि उपत्यकामा भित्र्याइएका पाँच वटा ‘बिजुली बस’ ललितपुरको पुल्चोकमै थन्किएका छन् । लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई यातायातको सुलभ पहुँचका लागि ल्याइएको बस चढेर प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरेका थिए । ती बस एडिबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले किनेको थियो । यो खबर आजको कान्तिपुरले छापेको छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म काठमाडौं उपत्यकामा चलाउने गरी साझा यातायातले संयोजन गर्ने मौखिक सम्झौता भएको …
पुरा पढ्नुहॊस »समृद्धि माग्दै सडकमा ३ किमि घस्रिए विराटनगरका मेयर
काठमाडाैं । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलो मिटर घस्रिँदै घाट पुगेर छठ पूजा गरेका छन् । उनी विराटनगरको समृद्धि र शान्तिका लागि घस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चयन मन्दिरबाट परोपकार घाट पुगेका खबर आजको नयाँ पत्रिकामा विराटनगरबाट गणेश लम्सालले लेखेका छन् । मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजेबाट दण्डवत यात्रा आरम्भ गरेका थिए । उनलाई तीन किमी यात्रा गर्न साढे तीन घण्टा लागेको थियो । उनीसँगै भतिजाहरु प्रमिस …
पुरा पढ्नुहॊस »अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध सिएनएनद्वारा मुद्दा दायर
काठमाडाैं । केबल न्यूज नेटवर्क (सिएनएन) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेको छ । सिएनएनले आफ्ना एक पत्रकारको प्रेस पास रद्द गर्ने ह्वाइट हाउसको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । गत साता सिएनएनका संवाददाता जिम एकोस्टाको प्रेस पास ह्वाइट हाउसले रद्द गरिदिएको थियो । उनी सिएनएनका ह्वाइट हाउस मामला हेर्ने मुख्य संवाददाता थिए । मंगलबार वासिंटनमा मुद्दा दायर गरिएको हो । राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमै बहस भएपछि उनको …
पुरा पढ्नुहॊस »ओलम्पिकमा छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपालको अघिल्लो यात्रा कति सहज?
काठमाडाैं । नेपाली महिला राष्ट्रिय टोली आगामी सन् २०२० मा जापानमा हुने महिला ओलम्पिक फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । ओलम्पिक छनोटमा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले समूहमा अपराजित रहँदै उत्कृष्ट तेस्रो हुँदै छनोटको दोस्रो चरणमा प्रवेश गर्यो । नेपालले समूहका तीनै प्रतिद्वन्द्वीविरुद्ध १-१ गोलको बराबरी खेल्दै आफूलाई दोस्रो चरण प्रवेशको मुख्य दाबेदार बनायो । समूहको तेस्रो स्थानमा रहनुको बाबजुद पनि नेपाली टोली उत्कृष्ट दुई तेस्रो टोलीमा अटाउँदै दोस्रो …
पुरा पढ्नुहॊस »सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त
काठमाडाैं । सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबमार नै सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई हटाइ सुवेदीलाई मन्त्रीमा नियुक्त गरिएको हो । सुवेदीलाई प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश प्रमुखको कार्यालयमा सपथ गराएका हुन् । कैलाली ४ ‘ख’ निर्वाचन क्षेत्रबाट निर्वाचित सुवेदी पार्टीमा संस्थापन पक्षका मानिन्छन्। माधव नेपाल पक्षका सोडारीलाई हटाइ उनलाई नयाँ मन्त्रीमा नियुक्त गरिएको हो । सपथपछि पत्रकारसँग संक्षिप्त कुरा …
पुरा पढ्नुहॊस »नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने चीनको प्रतिवद्धता
काठमाडौं । चीनले नेपालको पर्यटन प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको भेटमा चिनियाँ पर्यटन प्रवद्र्धनका लागि आवश्यक वातावरण बनाउन पनि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांगले नेपाल सरकारसँग आग्रह गरे । …
पुरा पढ्नुहॊस »सामाजिक विकास मन्त्री सोडारी बर्खास्त
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्रीबाटबाट बर्खास्त गरिएको छ । तिहारका बेला मन्त्री सोडारी चढ्ने गाडी दुर्घटना भएपछि विवादमा तानिएका उनलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले मंगलबार बर्खास्त गरेको हो । मन्त्रीका स्वकीय सचिव दीर्घराज जोशीले उनलाई पदमुक्त गरिएको पुष्टि गरे । तिहारका बेला मन्त्री सोडारी चढ्ने बा २ झ ३१२५ नम्बरको स्कारपियो जिपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका थिए । दुर्घटनाका बेला मन्त्री …
पुरा पढ्नुहॊस »‘समर लभ’को रिलिज मितिसहित फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडाैं । सुबिन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को प्रदर्शन मिति निर्धारण भएको छ । निर्माण टिमले छायांकनमा निस्केको झन्डै १ वर्ष पछि ५ ओटा फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै माघ २५ लाई प्रदर्शन मिति तय गरेको हो । भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरेर फिल्मको प्रदर्शन मिति तय भएको हो । फिल्म रिलिजको ठिक ७ दिन पछि प्रेम दिवस छ । सार्बजनिक पोस्टरहरुमा फिल्मका मुख्य कलाकारहरू …
पुरा पढ्नुहॊस »अब सानिमा बैंकबाट अनलाइन सेयर कारोबार गर्न सकिने
काठमाडाैं । सानिमा बैंकले अनलाइनबाट सेयर कारोबार गर्न सकिने सेवा ल्याएको छ । बैंकले ‘थ्री इन वन एकाउन्ट’ सेवा अन्तर्गत यो सेवा ल्याएको जानकारी दिएको छ । नेपालमै पहिलोपटक यस्तो सेवा सुरु गरेको दावी गर्ने बैंकको यो सेवा अन्तर्गत सेयर कारोबार गर्न सक्नेछन् । योसँगै कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनुपर्ने छैन । यो सेवा बैंकले सानिमा सानिमा क्यापिटलसँगको सहकार्यमा दिने छ ।
पुरा पढ्नुहॊस »