News desk

सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइने

काठमाडौं । सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपसँग वार्ता गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।  चिनियाँ कम्पनी गेजुवाले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा चासो व्यक्त …

पुरा पढ्नुहॊस »

दसैँको अवसरमा खाद्यान्नमा छुटैछुट, कुन वस्तुमा कति छुट ?

काठमाडाैं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १२ गतेदेखि देशका विभिन्न भागमा सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । कात्तिक २७ गतेसम्म संचालन हुने यस्ता पसलमा दैनिक उपभोग्य बस्तु सस्तो पर्ने र सर्वसाधारणलाई राहत पुग्ने सरकारको दावी छ । खाद्य संस्थान तथा नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका उत्पादन तथा व्यवसायिक उपभोग्य बस्तुहरु सहुलियत पसलमार्फत बिक्री हुनेछ । साल्ट ट्रेडिङले नुन तथा चिनीको …

पुरा पढ्नुहॊस »

लघुवित्त परियोजनामा चिनियाँ सहयोग

काठमाडाैं – नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए)नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ । स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ । सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि उक्त संस्थाको सहयोगमा कार्यक्रम शुरु गरिएको हो । सिएफपिए नेपालमा काम गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था …

पुरा पढ्नुहॊस »

नेपाल-भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

दार्चुला । लेकम गाउँपालिका-३ लालीमा निर्माणाधीन नेपाल-भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन । ०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । कूल रु एक करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको दुई वर्ष पूरा हुँदा पनि निर्माणको काम …

पुरा पढ्नुहॊस »

देशभर बन्दको प्रभाव सामान्य

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेकाले बन्दको देशभर सामान्य प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज लामो तथा छोटो दूरीको गाडी सामान्य रुपमा चलिरहेका छन् । काठमाडौंबाट छुट्ने र भित्रने गाडी सामान्य रुपमा चलिरहेका महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व पश्चिम छुट्ने लामो दूरीका गाडी छुटिरहेका छन् । बन्दको हल्ला चलेपछि सुरक्षाको प्रबन्ध गरिएको बताएको छ । सुरक्षा व्यवस्था कडा पारिएकोले देशभर कुनै …

पुरा पढ्नुहॊस »

राष्ट्रकवि १०० वर्ष पुगे, घरमै पुगेर दिइन् राष्ट्रपतिले शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदिनको शुभकामना दिएकी छिन् । राष्ट्रकविको लाजिम्पाटमा रहेको निवासमै पुगेर राष्ट्रपतिले शुभकामना दिएकी हुन् । एकसय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले शुभकामनासँगै हातमा फूलको बुकी समेत दिइन् । राष्ट्रपतिलाई शुभकामना दिन बिहानैदेखि उहाँको निवासमा परिवार, आफन्त र शुभचिन्तकको घुईंचो लागेको छ ।

पुरा पढ्नुहॊस »

अबको कांग्रेस नेतृत्व कोइराला परिवारले गर्छ : डा. शशांक कोइराला

बुटवल । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने दावी गरेका छन् । कार्यकर्ताको माया र चाहनाअनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनको भनाई छ । रुपन्देहीको बुटवलमा आइतबार आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’ देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा थाहा …

पुरा पढ्नुहॊस »

एनएमबीसँग लोभिए लगानीकर्ता ! सेयर कारोबार सबैभन्दा बढी

काठमाडौं । एनएमबी बैंकले गत साता सबैभन्दा बढी सेयर कारोबार गरेको छ । एनएमबीसँग लोभिए लगानीकर्तापछि सेयर कारोबार बढेको हो । कारोबारसँगै बैंकको सेयर मूल्यमा पनि बढेको छ । गतसाता एनएमबीको १९ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याको आधारमा पनि एनएमबी नै अग्रस्थानमा छ । एनएमबीको ५ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको हो । बैंकको थप निष्कासन (एफपीओ)पछि …

पुरा पढ्नुहॊस »

तल्लो मोदीले दशैँअघि उत्पादन शुरु गर्ने

कुश्मा । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुननसकेको भनाइ आयोजनाको छ । आयोजनाले ६० महिनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको थियो । “वर्षामा पहिरो जाने, …

पुरा पढ्नुहॊस »
This will auto close after