सँगै मदिरा खाएकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडाैं । १६ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य केही फरार भएको प्रहरीको आंशका छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाले सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ गरी घटनाबारे अनुसन्धान थालिएको बताए । उनले घटनामा अन्यको संलग्नताबारे पनि अनुसन्धान तीव्र पारिएको बताए । १६ वर्षे किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देही देवदह नगरपालिका १० बस्ने वर्ष ३५ का उदय थापा र बुटवल उपमहानगरपालिका ७ बस्ने वर्ष २६ को कृष्ण थापा क्षेत्री पक्राउ परेका छन् ।

बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा बलात्कार भएको हाे ।

मदिरा खुवाएर जंगलमा लगी बलात्कार
प्रहरीका अनुसार गत मंगलबार दिउँसो बुटवलको मेलामा पुगेकी ती किशोरीलाई अन्य स्थान घुमाउन भन्दै लिएर गएका थिए । उनीहरूले युवतीसँगै बसेर मदिरा सेवन गरेका थिए । युवतीले पनि मदिरा सेवन गरेकी थिइन् । मदिरा सेवनपछि जंगलमा लगेर आफूलाई पहिला दुईजनाले बलात्कार गरेको र पछि थप व्यक्तिहरू आई बलात्कार गरेको किशोरी उजुरी दिएकी छिन् ।

बलात्कार गर्नेमध्ये एक जनासँग ती किशोरीको चिनजान थियो । तिनै व्यक्तिले बोलाएका कारण युवती गएकी थिइन् । जंगलमा बलात्कार गरेपछि कोठामा लगेरसमेत उनीहरूले बलात्कार गरेको किशोरीले प्रहरीलाई बताएकी छिन् । बलात्कृत किशोरी विवाहित भएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले …

प्रतिकृया दिनुहॊस