News desk

सिद्धार्थ बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौं । सिद्धार्थ बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बीच बीमा सेवा दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सिद्घार्थ बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिद्धार्थ बैंक लि. ले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा …

पुरा पढ्नुहॊस »

युरोकप छनोट : जर्मनीको रोमाञ्चक जित

काठमाडाैँ । युरोकप छनोट अन्तर्गत बेल्जियमले लगातार दोस्रो खेलमा जित निकाल्दा जर्मनीले नेदरल्याण्ड्स माथि रोमाञ्चक जित निकाल्यो । जर्मनीले नेदरल्याण्ड्सलाई तीन दुई गोलले हरायो । खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शून्यले अगाडि रह्यो । तर नेदरल्याण्ड्सले त्यसपछि दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फर्काउदै सनसनी मच्चाएको थियो । उसका लागि डी लिग्ट …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सल्यान जिल्लाको श्रीनगरमा नयाँ शाखा स्थापना गरेको छ । सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार औपचारिक रुपमा उद्घाटन गरे । उक्त अवसरमा मन्त्री ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथा गतिविधि र बैंकिङ सेवाको पहुँचको लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेकोमा खुसी व्यक्त गर्नुका साथै यस …

पुरा पढ्नुहॊस »

सगरमाथा इन्स्योरेन्सको बीमा सेवा कामना सेवा बिकास बैंकले दिने

काठमाडाैँ । कामना सेवा विकास बैंकबाट सगरमाथा इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । कामना सेवा बिकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्र्रणाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्धेश्यले सगरमाथा इन्स्योरेन्ससँग सम्झौता गरेको हो । सो सम्झौतापत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे । सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभर रहेका शाखा, …

पुरा पढ्नुहॊस »

संखुवासभा र उदयपुरमा प्रभु बैंकको शाखा बिस्तार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ मा खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ मा गाईघाट शाखा कार्यालय सञ्चालन गरेको छ । आइतवार ती शाखा कार्यालयबाट सेवा शुरु गरेको हो । खाँदवारी शाखा कार्यालयको खाँदवारी नरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा एक समारोहका बीच उद्घाटन गरेका हुन् । त्यसैगरी, गाईघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरेका हुन् । खाँदवारी शाखा कार्यालय र …

पुरा पढ्नुहॊस »

जापानले पहिलो पटक नेपालीलाई ‘श्रम भिसा’ दिँदै

काठमाडौं । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुइ देशबीच ‘सहकार्य गर्ने समझदारी’को नाम दिइएको छ । जापानले पहिलो पटक ‘श्रम भिसा’मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा खबर छ ।

पुरा पढ्नुहॊस »

दाङ र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सले शुरु गर्यो कारोबार

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखा मार्फत औपचारिक रुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार दाङको घोराहीमा आयोजित एक विशेष समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरे । शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले करिव वीस बर्षअघि देखि नै आइएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङ्गमा स्थापना गरिँदै आएको स्मरण गरे । …

पुरा पढ्नुहॊस »

भार्गव विकास बैंकको साधारणसभा चैत ३० गते

काठमाडाैँ । भार्गव विकास बैंकले आगामी चैत ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत अर्थात ३ करोड ९६ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ । उपयुक्त अन्य बैंक तथा वित्तयि संस्था एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने छ । सभामा जाने प्रयोजनको लागि चैत २२ गते संस्थाको …

पुरा पढ्नुहॊस »

सुनको भाउ तोलामा ४ सयले बढ्यो

काठमाण्डाै ।  हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सय बढेको छ । सुन आइतबार तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार बढेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्डमा शेयर लगानीकर्ताले लगाए ताला

काठमाडौँ । पूँजी बजार सुधार तथा बिस्तार गर्नु पर्ने माग गर्दै आएको शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा तालबन्दी गरेको छ । केही समयदेखि ३२ दबाबमुलक कार्यक्रम गर्दै आएको समूहले आइतबार बिहान ३२ बुँदे मागसहित ललितपुरको जावलाखेलमा रहेको धितोपत्र बोर्डको कार्यालयमा तालाबन्धी गरेको हो । दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डले पूँजी बजारको सुधार तथा बिस्तारमा चासो नदिएकाले तालाबन्दी गर्नु परेको बताएको छ । उनीहरु …

पुरा पढ्नुहॊस »