दैनिक ३ कराेडकाे सिमेन्ट उत्पादन गर्दै उदयपुर कारखाना

गाईघाट । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको सरकारी स्वामित्वकाे उदयपुर सिमेन्ट उद्योगले उत्पादन क्षमता वृद्धि गरे पनि विद्युत् आपूर्तिमा समस्या हुँदा कहिलेकाहीँ समस्या भाेग्नु परेकाे छ । एक महिनासम्म धनुषा ढल्केबर क्षेत्रबाट विद्युत् आपूर्तिमा समस्या भए पनि एक हप्तादेखि सहज विद्युत् आपूर्ति हुन थालेपछि दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ ।

सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार माघदेखि फागुनसम्म नियमित विद्युत् आपूर्ति नहुँदा उत्पादन घटेको थियो । अहिले विद्युत् आपूर्ति सहज भएपछि दैनिक १८ हजार बोरा अर्थात ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन हुन थालेको छ ।

डेढ वर्षअघिसम्म घाटामा रहेको उद्योगले विद्युत् आपूर्ति सहज भएपछि वार्षिक अर्बौं आम्दानी गर्न थालेको छ । विद्युत् आपूर्ति सहज भएपछि उद्योगले प्रतिदिन तीन करोड मूल्य बराबरको सिमेन्ट उत्पादन गरेको उद्योग प्रशासनले बताएको छ । उद्योगमा अहिले करिब साढे चार सय मजदूर तथा कर्मचारी छन् । उनीहरूका लागि मासिक एक करोड ३२ लाख र विद्युतका लागि अढाइ करोड खर्च हुने गरेको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टिभिएसको स्कुटर खरिद गरेकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक

धनगढी । टिभिएसको ‘मेरो साथी’ योजना अन्तर्गत धनगढीकी गोदावरी ठगुन्नाले सय प्रतिशत क्यास ब्याक हात …

प्रतिकृया दिनुहॊस