तिहारलाई ६३ करोडको सामग्री आयात, कुन देशबाट कति आयो ?

काठमाडौं । तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरको सामग्री भित्रिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार भाईटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस काजु, सुन्तला, केला लगायतका फलफूल भित्रिएको हो । यी सामग्री भारत, चीन, पाकिस्तान, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका क्यानडालगायतका देशबाट आयात गरिएको हो ।

तथ्यांकअनुसार भारतबाट ३५ करोड ८७ लाख, अमेरिकाबाट १२ करोड ३९ लाख, तिब्बतबाट ९ करोड ७५ लाख, पाकिस्तानबाट २ करोड ८३ लाख, इन्डोनेसियाबाट १ करोड ८ लाख, भियतनामबाट १ करोड ३६ लाख, चीनबाट ५६ लाख, थाइल्याण्डबाट ६५ लाख र क्यानडाबाट ९ सय १ को सामान आयात भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप