efO 6Lsfsf] nflu laqmLdf /flvPsf] d;nf . t:jL/ M rGb|snf If]qL, sf7df8f}F, /f;;

तिहारलाई ६३ करोडको सामग्री आयात, कुन देशबाट कति आयो ?

काठमाडौं । तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरको सामग्री भित्रिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार भाईटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस काजु, सुन्तला, केला लगायतका फलफूल भित्रिएको हो । यी सामग्री भारत, चीन, पाकिस्तान, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका क्यानडालगायतका देशबाट आयात गरिएको हो ।

तथ्यांकअनुसार भारतबाट ३५ करोड ८७ लाख, अमेरिकाबाट १२ करोड ३९ लाख, तिब्बतबाट ९ करोड ७५ लाख, पाकिस्तानबाट २ करोड ८३ लाख, इन्डोनेसियाबाट १ करोड ८ लाख, भियतनामबाट १ करोड ३६ लाख, चीनबाट ५६ लाख, थाइल्याण्डबाट ६५ लाख र क्यानडाबाट ९ सय १ को सामान आयात भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सांसदको सपथ लिँदै सुहाङ नेम्बाङ

काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा …

प्रतिकृया दिनुहॊस