News desk

एनआईसी एसिया बैंकको शाखा बिर्ताबजारमा

काठमाडाैं । एनआईसी एसिया बैंकको नयाँ शाखा झापाको बिर्तामोड नगरपालिकास्थित बिर्ताबजारमा खुलेको छ । शाखाको बिर्तामोड नगरपालिका मेयर ध्रुव कुमार शिवाकोटीले उद्घाटन गरे । बैंकका मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन् । मुलुककै सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकको वासलातको आकार २११ अर्ब नाघेको छ । कुल निक्षेप करिब १७० अर्ब तथा कर्जा १४४ अर्ब पुगेको छ। …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडाैं । ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गतवर्ष गरेको वितरणयोग्य नाफाबाट लाभांश दिने निर्णय गरेको हो । बैंकले लाभांश(बोनस) घोषणा गरेपछि यसको सेयर मूल्य एकाएक बढेको छ । सोमबार प्रतिकित्ता ३०७ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर मंगलबार बढेर प्रतिकित्ता ३२० रूपैयाँसम्म पुगेको छ । बैंकले गत आव २ अर्ब १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनस …

पुरा पढ्नुहॊस »

माछापुच्छ्र्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । माछापुच्छ्र्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्र्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार अब माछापुच्छ्र्रे बैंकका ग्राहकले बैंकका सबै शाखाबाट सानिमा जनरल इन्स्योरेन्सका बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई दिन सकिने

काठमाडाैं । काठमाडौं महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ। कामपाको सहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताएका हुन्। ऐतिहासिक कमलपोखरी सोहीअनुरूप निर्माण गर्ने काम कामपाको प्राथमितामा परेको पनि शाक्यले जानकारी दिए। संघीय संसद् सदस्य गगन थापाले स्थानीयवासीसँग छलफल गर्दै आगामी छठ पर्वसम्ममा पोखरी निर्माण गरिसक्नुपर्ने भन्दै सबैको लागि पहुँचयुक्त …

पुरा पढ्नुहॊस »

‘जानी नजानी’को फर्स्ट लुक सार्वजनिक, निरिशाको डेब्यु

काठमाडाैं । चैत १ गते रिलिज हुने सिनेमा ‘जानी नजानी’ को फस्ट लुक सार्वजनिक गरिएको छ। सार्वजनिक पोष्टरमा सिनेमाका मुख्य कलाकारहरु मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठलाई प्रस्तुत गरिएको छ। पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा यसै सिनेमामार्फत सिनेनगरीमा डेब्यु गर्दैछिन्।सिनेमामा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ। आधुनिक प्रेम कथामा आधारित सिनेमाको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा ९ सय बढ्यो, आज कतिमा काराेबार भइरहेको छ ?

काठमाडाैं । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय १० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

काठमाडाैं । नबिल बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लागू हुनेछ ।

पुरा पढ्नुहॊस »

कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं । चासो र चर्चाको रुपमा रहेको ‘कर्मचारी समायोजन अध्यादेश’ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले विधेयक स्वीकृत गरेको स्राेतले जनायाे । अब विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइने छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानुनको रुप लिनेछ । विधेयक स्विकृत भएसँगै देशभर देखिएको कर्मचारी अभावलाई हटाउन सरकारलाई थप बाटो मिल्नेछ । विधेयकको मस्यौदालाई अन्तिम रुप दिन भन्दै सोमबार मात्रै विभिन्न ट्रेड युनियनका प्रतिनिधि तथा …

पुरा पढ्नुहॊस »

१ सय रुपैयाँ भाडा लाग्ने बाटोमा २ सय ५० असुली

बैतडी । ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ। ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन्। सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका सिट झिक्न लगाएको थियो। यसअघि बोलेरो जिपले १५ जनासम्म यात्रु बोक्ने गरेकामा अहिले पाँच जना मात्र बोक्नुपर्ने बाध्यता छ। एउटा जिपमा पाँच जना मात्र बोक्न …

पुरा पढ्नुहॊस »

काठमाडौंको रानीबारीमा बालिका बलात्कृत, किशाेर पक्राउ

काठमाडाैं । काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंगलबार बिहान २ बजे काठमाडौंको रानीबारीमा उनी बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३, रानीबारीमा डेरी गरी बस्ने मकवानपुर हेटौंडाकी बालिकालाई अभिभावक नभएको मौका पारी उनकै कोठामा गएर यादवले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । यादवको डेरा पनि …

पुरा पढ्नुहॊस »